लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । आयोजनाका प्रमुख …