कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले उक्त विद्युत प्रशारण लाइन अन्तर्गत पर्ने निकुञ्जभित्रको रुख कटानका लागि अनुमति दिएसँगै विद्युत प्रशारण लाईन विस्तारका लागि बाटे खुलेको हो । यो आयोजना कर्णालीका जनताको भविष्यसँग जोडिएको छ ।१३२ केभिए प्रशारण लाईन विस्तार नहुँदा कर्णालीवासीले लोडसेडिङको चर्को मार खेपिरहेका छन् । ०४५ सालमा सुर्खेतमा विस्तार गरिएको ३३ केभी प्रशारण लाइनले हालको जनसंख्याको मागलाई धान्न सक्ने अबस्था