पर्वत : जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरूले पाठ्यक्रममै रहेको विषयवस्तुलाई आइतवार फरक स्वादमा जान्न पाए। नेपालको संविधान, २०७२ मा रहेको मौलिक हकदेखि देवानी (संहिता) ऐन, २०७४ तथा फौजदारी अभियोगहरूको बारेमा जान्ने मौका पाए। बालविवाह, बहुविवाह, सम्बन्धविच्छेद, घरेलु हिंसा, बाल शोषणलगायतका विषयवस्तु पाठ्यक्रममा समावेश छन्। विषय शिक्षकबाट यो बारेमा जान्ने मौका पाएका विद्यार्थीहरूले आइतबार भने गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रि