नुवाकोट – विद्यालय शिक्षामा सैद्धान्तिक सिकाइ मात्रै हुँदा विद्यार्थी व्यावहारिक हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा नुवाकोटको बेलकोटगढी–११ स्थित एक सामुदायिक विद्यालयले प्रयोगात्मक सिकाइमा फरक अभ्यास गरेको छ। उपल्लो तिगाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० को सामाजिक विषयअन्तर्गत ‘निर्वाचन प्रक्रिया’ शीर्षकको पढाइमा लागि शुक्रबार विद्यालय परिसरमा कक्षा तीनदेखि १०का विद्यार्थीको सहभागितामा नमुना निर्वाचन गराएको छ। नमुना […]