विद्यालय शिक्षामा सैद्धान्तिक सिकाइ मात्रै हुँदा विद्यार्थी व्यावहारिक हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा नुवाकोटको बेलकोटगढी–११स्थित एक सामुदायिक विद्यालयले प्रयोगात्मक सिकाइमा फरक अभ्यास गरेको छ । उपल्लो तिगाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० को सामाजिक विषयअन्तर्गत ‘निर्वाचनको प्रक्रिया’ शीर्षकको पढाइका लागि आज विद्यालय परिसरमा कक्षा तीनदेखि १० का विद्यार्थीको सहभागितामा नमूना निर्वाचन गराइएको छ । नमूना …