काठमाडौं : वर्ष दिनमा आउने महान् चाड दशैं आयो। संघीय राजधानी काठमाडौंमा व्यापार, व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थी लगायत अधिकांश सर्वसाधारण दशैं मनाउन जन्मघर गएका छन्। परिवारसँग खुशी साटासाट गर्दै छन् उनीहरू।सुरक्षा गार्डहरू भने सुरक्षा कार्यमै तैनाथ छन्। उनीहरू गाउँ जान पाएका छैनन्। गाउँ जान मन हुँदा पनि ड्युटी मै खटिइरहनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। न्युरोडको एक कम्पनीमा सुरक्षा गार्ड बसिरहेका गोविन्द भण्डारी भन्छन्, ‘यसपालि दशैंमा गाउँ जान छुट्टी मिलेन। के गर्नु काम नै यस्तै