मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ । प्रहरीले बैंक लुट्न आएका लुटेराले गोली चलाइएको आशंका गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ गरिएको छ ।