महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

असार २५, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।  यी दुवै कम्पनीले जेठ २५ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।  दुवै कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय धादिङ जिल्ला वडा नं. ३ पुछारबजारमा रहने बताइएको छ । एकीकृत कारोबारका लागि दुवै कम्पनीको विवरणलाई एउटै सफ्टवेयर बाट वित्तीय कारोबार र्गुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकाले असार २९ गते (एक दिन) महिला सहयात्रा लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

असारमा एक दर्जन कम्पनीले गरे एकीकृत कारोबार

काठमाडौं । असारमा १२ ओटा बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका छन् । उक्त अवधिमा दुई वाणिज्य बैंक र १० लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका हुन् ।  लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब ६७ करोडभन्दा बढी पुगेको छ ।  त्यस्तै साना किसान र आरएमडिसी लघुवित्त मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.८७ अनुपातमा मर्जमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ३३ करोडभन्दा बढी पुगेको छ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८ करोडभन्दा बढी पुगेको छ ।  विजय लघुवित्त र नयाँ सारथि लघुवित्त मर्ज भई विजय लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख पुगेको छ ।  त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्र उत्थान लघुवित्तको १०० कित्ता शेयर बराबर आशा लघुवित्तको १०० कित्ता शेयर प्रदान गर्ने गरी प्राप्ति भएको हो । प्राप्तिपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड १५ लाख पुगेको छ । त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्ज भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.७५ अनुपातमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ३१ लाख पुगेको छ ।   राष्ट्र बैंकले यी कम्पनीहरूलाई नै लक्षित गरी असारभित्र एकीकृत कारोबार गरे नियामकीय छूट दिने व्यवस्था गरेको थियो ।  आशा लघुवित्तबाहेक यी सबै कम्पनीको शेयर कारोबार रोक्का छ । कम्पनीहरूको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हो । नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही कारण आशा लघुवित्तको शेयर कारोबार भइरहेको छ ।

मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेले रोक्यो आठ कम्पनीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ कम्पनीहरूको शेयर कारोबार रोक्का गरेको छ । मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेले लक्ष्मी बैंक, सन्राइज बैंक, नेशनल माइक्रोफाइनान्स, समीट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, प्रभु लाइफ, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो । नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्था बमोजिम मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुनेछ । सोही व्यवस्था बमोजिम प्राप्ति प्रयोजनका लागि आशा लघुवित्तले प्राप्ति गर्न लागेको राष्ट्र उत्थान लघुवित्तको मात्र शेयर कारोबार रोक्का भएको हो भने बाँकी सात कम्पनीको मर्जर प्रयोजनका लागि कारोबार रोकिएको हो । प्रभु लाइफसँग मर्जरमा गएको महालक्ष्मी लाईफ इन्स्योरेन्स भने दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । नेप्सेले लक्ष्मी बैंक,सन्राइज बैंक र प्रभु लाइफको असार २९ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको छ । लक्ष्मी बैंक र सन्राइज बैंक तथा प्रभु लाइफ र महालक्ष्मी लाइफले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेसँगै शेयर कारोबार रोकिएको हो । त्यस्तै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले असार ३० गतेदेखि एकिकृत कारोबार सुरू गर्दैछन् । यसर्थ असार ३० गतेदेखिनै लागू हुने गरी यी दुई सूचीकृत कम्पनीको शेयर कारोबार समेत नेप्सेले रोकेको छ । राष्ट्र उत्थान लघुवित्त र आशा लघुविले प्राप्ति प्रक्रिया पुरा गरी असार ३१ गते एकिकृत कारोबार सुरू गर्दैछन् भने विजय लघुवित्त र सारथी लघुवित्तले समेत असार ३१ गतेदेखिनै एकिकृत कारोबार अघि बढाउन लागेका छन् । यी चार कम्पनीको शेयर कारोबार असार ३१ गतेदेखि लागू हुने गरी नेप्सेले रोक्का गरेको हो । यी कम्पनीहरूको शेयर कारोबार रोक्का भएको मितिदेखि बढीमा १५ कारोबार दिनमात्र रोक्का हुनेछ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय शेयर कारोबार रोक्का हुन थालेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कमार हमालको विशेष पहलमा मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ गत कात्तिक २४ गतेदेखि लागू गरिएको हो । उक्त निर्देशिकामा एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र कारोबार रोक्का हुने व्यवस्था छ । सो व्यवस्था लागू भएपछि लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । त्यस अघि कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता गरेसँगै रोक्का शेयर कारोबार एकिकृत कारोबार भई दोस्रो बजारमा शेयर सूचीकृत हुदाँसम्म रोक्का हुने व्यवस्था थियो । जसका कारण वर्षौ सम्म शेयर कारोबार रोक्का हुने समस्या थियो ।  कारोबार रोक्का रहेका कम्पनी

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ असार ३० देखि एकीकृत कारोबार गरेकाले सोपश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयरबापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाइ छ । एकीकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छूट हुनेछ । वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । कर्जा फुकुवा भइसकेको भए आफ्नो बोनस शेयरसमेत फुकुवा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर आदानप्रदान हुने गरी दुई कम्पनीबीच मर्जर सहमति भएको हो ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयर पूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत असार ३ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित भइसकेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तको एकीकृत कारोबार शुरु

असार ३०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेश स्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबर्द्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् । यी दुबै कम्पनीले जेठ २४ गते बसेको छुट्टा - छुट्टै विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो । शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता शेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख रहेको छ । अव कम्पनीले ३८ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्नेछ ।

इन्फिनिटि लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न बोलायो विशेष सभा

काठमाडौं, ३१ जेठ । इन्फिनिटि लघुवित्त वित्तिय संस्थाको बिशेष साधारण सभा हुने भएको छ । आइतबार बसेको सञ्चालक समितीको बैठकले असार ३० गते बिशेष सभा गर्ने निर्णय गरेको हो । संस्थाको अनुसार बिषेश साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्ने सम्बन्धी बिशेष प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ । साथै सञ्चालक समितीको बैठकले बिषेश […]

शसक्त बैकिङ सेवा प्रदान गर्ने योजनामा छौं - Karobar National Economic Daily

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले गोरखामा केन्द्रीय कार्यालय रहेको कसमस विकास बैंकलाई प्राप्ति गरी असार ३० गतेबाट संयुक्त कारोबार सुरु गरेको छ । राष्ट्रिय स्तरको  विकास बैंक…