नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा जेठ २५ गते, महिला सहयात्रालाई प्राप्ति गर्ने प्रस्ताव

जेठ १०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा जेठ २५ गते हुने भएको छ । कम्पनीले आफ्नै केन्द्रिय कार्यालय धादिङमा बिहान ११ बजे सभा बोलाएको हो ।  कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले यस लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, महिला सहयात्राको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।  विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।