महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले पायो राष्ट्र बैंकको सैद्धान्तिक सहमति

वैशाख २०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएको छ ।  राष्ट्र बैंकले वैशाख १५ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो । यी दुई कम्पनीबिच माघ ८ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङमा र महिला सहयात्राको केन्द्रिय कार्यालय मकवानपुरमा रहेको छ । हाल ४३ ओटा जिल्लाहरुमा ६५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी रू. ३१ करोड ९४ लाख ९५ हजार रहेको छ ।   त्यस्तै १८ जिल्लाहरुमा कार्यक्षेत्र रहेको महिला सहयात्राको चुक्तापूँजी रू. १४ करोड ६४ लाख १० हजार रहेको छ । यस वर्ष महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनसमार्फत पूँजी बढाएका हुन् ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम महिला सहयात्राको शेयर कारोबार माघ ९ गतेदेखि रोक्का भएको छ । 

सम्बन्धित सामग्री