एमालेका दुई समूहबीच विवाद हुँदा नगरपालिका ताेडफाेड

धनकुटा : धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान संसद राजेन्द्र राईको गृह नगरपालिका भएको पाख्रिवास नगरपालिकामा बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र विपक्षी दलबीच बजेटका विषयमा विवाद हुँदा ४० वटा कुर्सी, दुई वटा टेबल र चार वटा झ्यालमा क्षति पुगेको नगर प्रमुख बिर्खबहादुर राईले बताए। शान्तिपूर्ण रुपमा माग राख्न जाँदा वडा–३ का वडा सदस्य हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको विपक्षी गठबन्धनले जनाएको छ।सबै वडाका योजना छल

सम्बन्धित सामग्री

चापाकोटमा र गल्याङमा एक राउन्ड हवाइफायर : डेढ घण्टापछि मतदान सुरु

स्याङ्जा : स्याङ्जाको दुई मतदानस्थलमा विवाद हुँदा एक राउन्ड हवाइफायर भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका -१ को भानु मावि केन्द्रको मतदान केन्द्रमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापाले काङ्ग्रेसका प्रतिनिधि भरत वोस्तीलाई कुटपिट गरेको भन्दै विवाद भएपछि डेढ घण्टा मतदान अवरुद्ध भएको थियो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख गंगाबहादुरका…

सिन्धुपाल्चोकमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक, ५ जेठ । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा विवाद हुँदा पाँचपोखरीको थाङपाल गाउँपालिका–५ गुन्सामा झडप भएको हो । मतगणनाको क्रममा तीन मत हराएको र चार मतपत्र च्यातिएको भेटिएपछि कांग्रेससहितका केही दलका कार्यकर्ताले मतगणना कार्य बन्द गराएका थिए । आज बिहान गुन्साबाट गाउँपालिका भवनभित्र जाँदै गरेका कांग्रेसका […]

प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको पोखराको मतगणना पुनः सुरु

कास्की- पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको मतगणना पुनः सुरु भएको छ । नेकपा एमालेका प्रतिनिधिले मतगणना स्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो । सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले पुनः सुरु भएको हो । […]

मतगणना विवाद हुँदा लालबन्दीमा चक्काजाम

सर्लाही : जिल्लाको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन्। लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्।आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भए पनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएका छन्।९ वटा मत कमी भएपछि एमालेका कार्यकर्ताहरू राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काज

विवाद हुँदा दैलेखकाे नारायण नगरपालिकामा मतगणना रोकियो

दैलेख : स्थानीय तह निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा दैलेखकाे नारायण नगरपालिमा मतगणना राेकिएकाे छ। मत गणनामा कर्मचारीले गलत गरेकाे भन्दै कांग्रेसका उम्मेदवारले नारायणा २ काे पुन मतगणना गर्नु पर्ने भन्दै मतगणना राेक्न लगाएका हुन्। मतगणनास्थलमा हाल एमालेका कार्यकर्ताले नारावाजी गरिरहेका छन्। जसले गर्दा हाल त्यहाँ मतगणना कार्य रोकिएको छ।

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

३१ वैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला […]

धनकुटाको सहिदभूमीमा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित

मतदान प्रक्रियाको विषयमा पाँच दलीय गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माविको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच...

विवादपछि सहिदभूमिमा मतदान कार्य रोकियो

गठबन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र वडा कार्यालयको मतदानस्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ। मतदान प्रक्रियाको विषयमा...

मौन अवधिमा भोट मागेको विषयमा विवाद हुँदा प्यूठानमा झडप

दाङ – प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपमा चार जना घाइते भएका छन्। घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन्। घाइतेमध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ। तीन जनाको सरुमारानीमा नै उपचार भइरहेको छ। गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको […]

कैलालीमा एमालेका दुई समूहका कार्यकर्ताबीच कुटाकुट

काठमाडौं । कैलालीको धनगढीमा नेकपा ९एमाले०का केपी शर्मा ओली र माधव नेपालपक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो। एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो। नेपाल पक्षधर समूह बिहानै पुगेर […]