मतगणना विवाद हुँदा लालबन्दीमा चक्काजाम

सर्लाही : जिल्लाको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन्। लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्।आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भए पनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएका छन्।९ वटा मत कमी भएपछि एमालेका कार्यकर्ताहरू राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काज