कास्की- पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको मतगणना पुनः सुरु भएको छ । नेकपा एमालेका प्रतिनिधिले मतगणना स्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो । सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले पुनः सुरु भएको हो । […]