विवाद हुँदा दैलेखकाे नारायण नगरपालिकामा मतगणना रोकियो

दैलेख : स्थानीय तह निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा दैलेखकाे नारायण नगरपालिमा मतगणना राेकिएकाे छ। मत गणनामा कर्मचारीले गलत गरेकाे भन्दै कांग्रेसका उम्मेदवारले नारायणा २ काे पुन मतगणना गर्नु पर्ने भन्दै मतगणना राेक्न लगाएका हुन्। मतगणनास्थलमा हाल एमालेका कार्यकर्ताले नारावाजी गरिरहेका छन्। जसले गर्दा हाल त्यहाँ मतगणना कार्य रोकिएको छ।