मौन अवधिमा भोट मागेको विषयमा विवाद हुँदा प्यूठानमा झडप

दाङ – प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपमा चार जना घाइते भएका छन्। घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन्। घाइतेमध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ। तीन जनाको सरुमारानीमा नै उपचार भइरहेको छ। गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको […]