खम्बाको भाडा तिर्न अटेर गर्ने इन्टरनेट प्रदायकसँग एक करोड असुली

विद्युत्का खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भदौ महिनाबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन् । केही कम्पनीले आफ्नो नाम नखुलाई

सम्बन्धित सामग्री

सञ्चारमन्त्रीको हठले इन्टरनेट सेवा रोकिने जोखिम

अहिले सरकारले विगतमा भएको सहमति र निर्णयहरुलाई बेवास्ता गर्दै इन्टरनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरटीडीएफ दस्तुर तिर्न दबाव दिएको छ ।

फोन पेबाट अब बिना इन्टरनेट पनि पैसा तिर्न सकिने

फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथीको...

इन्टरनेट सेवा नरोकिने, सञ्चार मन्त्रालय डलर सिफारिस गर्न सहमत

काठमाण्डाै - तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको छ । आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले उज्यालोलाई जानकारी दिनु...

इन्टरनेट बन्द हुने अवस्थाप्रति क्यान महासंघको चिन्ता

यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।

इन्टरनेट सेवा प्रदायकले तिर्न थाले पोल भाडा

चितवन । चितवनमा सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरूले पोल भाडाबापत नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रलाई करीब १ करोड रुपैयाँ तिरेका छन् । कार्यालयका अनुसार १४ ओटा सेवा प्रदायक कम्पनीले भदौयता ९६ लाख ८४ हजार ७९ रुपैयाँ भाडा तिरेका हुत् । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीले भदौपछि उक्त रकम तिरेको जानकारी दिए । पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चित्रवन युनिक केबल रहेको छ । उक्त कम्पनीले ३० लाख ५५ हजार ६८ रुपैयाँ र सबैभन्दा कम पीडीएस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ बक्यौता तिरेको छ । यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५ रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वल्र्ड कम्युनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ  र ब्रोडलिंकले १ लाख १ हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन् । अन्य बक्यौता तिर्ने आईएसपी कम्पनीहरूमा वेबसर्फरले ३ लाख ५ हजार १०० रुपैयाँ,  डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माइन्ड्स कम्युनिकेशन्सले २० लाख रुपैयाँ र एजिएटा एनसेलले ८५ हजार ४२८ रुपैयाँ तिरेको उनले  जानकारी दिए । यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन् । तीमध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैयाँ र अर्काले ४ लाख १७ हजार ५४० रुपैयाँ पोल भाडा बुझाएका छन् । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सीधै रकम जम्मा गरेकाले नाम नखुलेको उनले बताए । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको कार्यालयले बताएको छ । लामो समयपछि पनि आईएसपीहरूले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरूको इन्टरनेट सेवाका उपकरण जफत गर्नुका साथै तार काटिदिएको थियो ।

धमाधम इन्टरनेट कम्पनीको तार काट्न थालियो

चितवनमा बिजुलीको पोल प्रयोग गर्ने तर भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ। पटक–पटक ताकेता गर्दा पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले भाडाको सम्झौता नगर्ने शुल्क तिर्न वास्ता नगर्ने भएपछि शनिबारबाट साङ्केतिक रूपमा तार काटेर दबाब दिइएको छ। यसअघि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकलाई ताकेता गरेर ४८ लाख २०    हजार रुपियाँभन्दा धेरै    राजस्व सङ्कलन गरिसकेको छ। भाडा नतिरी लामो समयसम्म अटेर गरेका इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काट्...

तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख […]

पोलको भाडा विवादले इन्टरनेट सेवा महँगिने

हालकै शुल्कमा पोलको भाडा तिरेर सेवा दिन सकिन्न : अध्यक्ष पराजुली इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी बिजुलीको पोल उपयोग गरेको र विद्युत् प्राधिकरणले निर्धारण गरेको शुल्क तिर्न आनाकानी गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण अब कठोर रुपमा प्रस्तुत हुने भएको छ ।विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने […]

पोल भाडामा घम्साघम्सी, इन्टरनेट सेवा प्रभावित हुने जोखिम

१६ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच पोल भाडाबारेको विवाद चर्किंदै गएको छ । आफ्ना पोलबाट इन्टरनेट सेवा दिइरहेका कम्पनीहरुसँग प्राधिकरण र टेलिकमले भाडा असुल्न ताकेता गरेका छन् । आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो इन्टरनेट कम्पनीले भाडा तिर्न ढिलाइ गरेपछि प्राधिकरण र नेपाल टेलिकमले कठोर कदम चाल्न […]