काठमाण्डाै - तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको छ । आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले उज्यालोलाई जानकारी दिनु...