सामाजिक सञ्जाल, बैंकिङ काराेबार र भुक्तानी प्रणालीहरुमा राखिने पासवर्डले भर्चुअल साँचाेकाे काम गर्छ । डेटासहित निजी जानकारी सुरक्षित राख्न हामी हाम्रा पासवर्ड गाेप्य राख्न चाहान्छाैँ । बलियाे पासवर्डले हामीलाई साइबर अपराधी र साइबर आक्रमणबाट बचाउन सक्छ । बलियो पासवर्ड हाम्राे डिजिटल जीवनका महत्त्वपूर्ण पाटा हुन् ।
बलियो पासवर्ड कसरी बनाउने ?
१. लामो पासवर्ड राख्ने
धेरै वेबसाइटहरूमा पासवर्डका लागि न्यूनतम शब्द, सङ्ख्या वा चिह्न (क्यारेक्टर) काे गणना हुन्छ, तर हामीले जति लामो पासवर्ड छ...