वैशाख १, काठमाडौं । आजको युग भनेको सूचना प्रविधिको युग हो ।
साना ठूलो कामका लागि पनि मोबाइल तथा इन्टरनेटको साहरा लिनु पर्ने हुन्छ । हुन पनि हो, मोवाइल तथा इन्टरनेटको प्रयोगका लागि अलग - अलग पासवर्डको प्रयोग गर्नुपर्ने अवस्था छ । अझ विभिन्न बैंकदेखि लिएर विभिन्न मोवाइल एप्सहरु चलाउन पासवर्डको प्रयोग गर्नुपर्दछ ।
तर यति धेरै अलग - अलग पासवर्ड सम्झन सक्नु जो कोहिका लागि मुश्किल हुन्छ । तर यस्तो अवस्थामा कतिपयले यस्तो पासवर्ड प्रयोग गर्ने गर्दछन् जुन छाटो समयमा नै सम्झन सजिलो होस । तर यसले ठूलो क्षति पुर्याउँदछ । यसबाट आर्थिक क्षति मात्र होइन डाटा चोरी हुने र ह्याक हुने सम्भावना पनि उत्तिकै रहन्छ ।
पासवर्ड म्यानेजमेन्ट कम्पनी नोड पासले सामान्य सावधानी नअपनाउँदा प्रयोगकर्ताहरुले वर्षेनी ठूलो क्षति व्यहोर्दै आएको बताएको छ । उक्त कम्पनीले वर्षेनी अधिकांश कमजोर पासवर्ड प्रयोग नगर्न र बारम्वार पासवर्ड परिवर्तन गर्नसमेत प्रयोगकर्ताहरुलाई सुझाव समेत दिंदै आएको छ । कम्पनीले कमजोर पासवर्डको लिष्टसमेत सार्वजनिक गर्ने गरेको छ ।
जसको ह्याक गर्न सेकेन्ड समय पनि लाग्दैन । यसैबाट थाहा हुन्छ कि सजिलोका लागि तपाई हामीले चुन्ने गरेको पासवर्ड व्यक्तिगत खाता सुरक्षाको लागि निक्कै खतरनाक हुन्छ ।कतिपयले त सम्झनाको लागि अंग्रेजी password या १२३४५६७८ लेख्ने गरेको पाइन्छ । हुन त यस्तो सजिलो पासवर्ड अधिकांशले प्रयोगमा ल्याउने गरेको पाइन्छ । यस्तो सजिलो पासवर्ड प्रयोग गर्दा प्रयोगकर्ताहरुको खाता एकदमै असुरक्षित हुने प्रविधिसँग सम्वन्धित विज्ञहरुको भनाइ छ ।
कम्पनीले सार्वजनिक गरेको आफ्नो सूचीमा कमजोर पासवर्डहरुको नाम समावेश गरेको छ । भारतकै कुरा गर्ने हो भने पनि सन् २०२१ मा अधिकांश प्रयोगकर्ताहरुले यस्ता या यस्तै प्रकारका कमजोर पासवर्ड प्रयोग गर्ने गरेको खुलासा भएको छ । जुन यसप्रकार छन् ।
password
12345
123456
123456789
12345678
nepal23
1234567890
1234567
qwerty
abc123
अझ बैंकसम्वद्ध विज्ञहरुले त यस्तो सजिलो खालका पासवर्ड कहिल्यै प्रयोग गर्न नहुने बताएका छन् । यदि तपाईले पनि यस्ता प्रकारका सजिलो पासवर्ड प्रयोग गर्ने गरको छ भने परिवर्तन गर्न आवश्यक छ ।
सुरक्षा प्रयोजनका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा आफ्नो पासवर्ड बिर्सेका खण्डमा उक्त पासवर्ड रिसेट गर्न सकिनेसमेत भएकाले यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।
सामाजिक सञ्जाल वा अनलाइन बैंकसँग सम्वन्धित् एप्सको प्रयोग गर्दा त झनै सावधानी अपनाउनु पर्दछ । यसका लागि कम्तिमा आठ क्यारेक्टर(अक्षर) भन्दा बढीको पासवर्ड छान्नु आवश्यक छ ।
यसमा अल्फाबेटका साथ विशेष क्यारेक्टर र नम्वरको पनि प्रयोग गर्नुपर्दछ । अझ विशेष ध्यान केमा ध्यान दिन आवश्यक छ भने सामाजिक सञ्जाल वा अनलाइन बैंकसँग सम्वन्धित् एप्सको पासवर्ड कहिल्यै पनि एउटै राख्नु हुँदैन । अलग अलग पासवर्ड सम्झन र प्रयोग गर्नका लागि सुरक्षित रुपमा गूगल डा्रइभको प्रयोग गर्नु आवश्यक छ ।
पासवर्डलाई सम्झना गाह्रो लाग्छ भने केहि सावधानी त अपनाउनै पर्दछ । पासवर्ड कागजमा लेख्ने वा कम्प्युटरमा लेखेर सेभ गर्ने काम पनि गर्नुहुँदैन । यदि पासवर्ड विर्सने डर छ र कागजमा लेख्नैपर्नेछ भनेपनि त्यसलाई पासवर्ड हो भन्ने अरुले थाहा नपाउने गरी र आफुले मात्र बुझ्नेगरी लेख्नु पर्दछ । अझ उल्टोसुल्टो पारेर लेख्नु वा केही अक्षरहरु गल्ती समेत लेखेर आफुले सम्झिन सक्ने तरिकाले लेख्नुपर्दछ ।