काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संविधानका धारा र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस भक्तपुरले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ पारी सोही आधारमा काम […]