बैंकमा साढे ६ खर्ब थुप्रिँदा पनि वित्तीय–बिमा क्षेत्रको वृद्धिदरमा सुधार

चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । अपेक्षित रूपमा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएका बेला पनि वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सुधार हुने देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले औंल्याएको छ ।

सम्बन्धित सामग्री

बैंकमा निक्षेप ५८ खर्ब नाघ्यो

काठमाडौं। बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब रुपैयाँ नाघेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा भएको निरन्तर वृद्धि र सरकारले स्थानीय तहको सञ्चित रकमबाट निक्षेप गणना गर्न पाउने सुविधा दिएसँगै बैंकहरूको निक्षेप उच्च बिन्दुमा पुगेको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ । अघिल्लो दिनको तुलनामा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । शनिवार वित्तीय प्रणालीमा ५७ खर्ब ९२ अर्ब निक्षेप थियो ।  गत आर्थिक वर्ष (आव) सम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ थियो । सरकारले स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा कटौती गर्दै ५० प्रतिशतमा झारेपछि चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तर, बैंकरसँगको छलफलपछि भदौ दोस्रो साता अर्थमन्त्री डा. प्रकाशशरण महतले पुन: स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत बैंकहरूले निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह उच्च भएपछि बैंकमा निक्षेप बढिरहेको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ । निक्षेप बढे पनि बैंकहरूको कर्जा प्रवाह भने सुस्त छ । अर्थमन्त्रीले आर्थिक गतिविधि चलायमान बनाउन ऋण प्रवाह बढाउने उद्देश्यले निक्षेप गणनाको सुविधा दिएका थिए । आइतवारसम्ममा बैंक, वित्तीय संस्थाले कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आवको अन्तिममा ४८ खर्ब ७९ अर्ब रहेको कुल कर्जा लगानी साढे २ महीनामा ५३ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।  निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । शनिवार ८२ दशमलव २१ प्रतिशत रहेको सीडी रेसियो आइतवार ८२ दशमलव शून्य ५ प्रतिशतमा झरेको छ । यसैगरी तरलता उच्च हुँदा अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि २ दशमलव ५२ प्रतिशतमा झरेको छ ।  बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी लगानी गर्न पाउने व्यवस्था छ । यो प्रावधानअनुसार बैंकहरूसँग यतिबेला ४ खर्ब ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकमा अझै ३ खर्ब अधिक तरलता

काठमाडौं । नेपाल बैंकर्स संघले व्याजदरमा कार्टेलिङ्गको प्रथा हटाएसँगै भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुमा तरलता अनुपात सन्तुलनमा आएसँगै अधिकांश बैंकहरूले ब्याजदर फेरबदल गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । भाद्रका लागि मुद्दति निक्षेप व्याजदरमा वृद्धि सार्वजनिक भएको […] The post बैंकमा अझै ३ खर्ब अधिक तरलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकमा पौने ३ खर्ब कर्जायोग्य रकम

काठमाडौं। बैंकहरूको थप कर्जा विस्तार क्षमता पौने तीन खर्ब रुपैयाँ नाघेको छ । बैंकहरूको निक्षेप वृद्धि भए पनि कर्जा विस्तार हुन नसक्दा लगानीयोग्य रकम बढेको हो ।  नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार साउन ९ गते मंगलवारसम्ममा बैंक, वित्तीय संस्थामा निक्षेप ५ अर्ब रुपैयाँले बढेर ५६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । कर्जा भने ४ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ । बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव २१ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यो प्रावधानअनुसार वाणिज्य बैंंकहरूसँग ३ खर्ब ८१ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ ।  गत आर्थिक वर्ष (आव) को अन्तिम दिन सीडी रेसियो ८१ प्रतिशतसम्म झरेको थियो । त्यसअनुसार बैंकहरूसँग ५ खर्ब रुपैयाँसम्म कर्जा विस्तारको क्षमता थियो । तर, बैंकहरूले स्थानीय तहको सञ्चित कोषबाट निक्षेपमा गणना गर्न पाउने सुविधा हटेपछि निक्षेप रकम घटेको हो । गत आवको अन्तिम दिन ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको निक्षेप चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले घटेको हो ।  बैंक, वित्तीय संस्थामा तरलता अभावसँगै सरकारले गतवर्ष स्थानीय तहको सञ्चित पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । बैंकमा तरलता उच्च भएपछि चालू आवदेखि उक्त सुविधा कटौती भएको हो ।  बैंकहरूलाई दिइएका सुविधा सकिएपछि एकैपटक निक्षेप उच्च अंकले घट्दा अन्तरबैंक ब्याजदर पनि उच्च कायम हुँदै आएको छ । मंगलवार अन्तरबैंक ब्याजदर ६ दशमलव २ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्षको अन्तिममा अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेको थियो । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो तथा निक्षेप संकलन उपकरणबाट तरलता खिच्दासमेत सीमाभित्र आउन सकेको थिएन ।  क वर्गका बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकमा निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार नभएकाले केही महीनायता लगातार तरलता (लगानीयोग्य रकम) उच्च रहेको बताउँछन् । उच्च ब्याजदरका कारण बजारमा कर्जाको माग नभएकाले बैंकमा तरलता थुप्रिएको उनको भनाइ छ ।  गत आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले गस वर्ष पनि कर्जा प्रवाह घटाउने रणनीति नै लिएको छ । निजीक्षेत्र अधिक ऋण भारमा परेको र यसले निष्क्रिय कर्जासमेत बढ्न थालेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

बैंकमा साढे तीन खर्ब तरलता

काठमाडौं  । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक, वित्तीय संस्थामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरुले असार १४ गतेसम्ममा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा वृद्धि नहुँदा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ६२ प्रतिशतमा ओर्लेको छ ।  राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । यस हिसाबले बैंकहरुसँग अझै ३ खर्ब ५७ अर्ब थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।  तर, पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनमा कर्जा प्रवाह सुस्त छ । जेठ ३१ गते बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । दुई सातामा ५२ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा प्रवाह भने ६ अर्बले मात्र वृद्धि भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी वृद्धि भएपनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर गत साता २ प्रतिशतसम्म ओर्लेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक सातामै दुईपटक रिभर्स रिपोमार्फत २३ अर्ब २० रुपैयाँ तरलता खिचेको थियो । त्यसपछि अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ ।  उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमीले बजारमा कर्जाको माग छैन । बैंकहरु पनि कर्जा प्रवाहभन्दा असुलीमा केन्द्रित छन् । बैंकहरुको लगानी टे«जरी बिल्सलगायत सरकारी ऋणपत्रमा केन्द्रीत देखिन्छ ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तरलता सहज भए पनि बजारको अवस्थाले ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । ‘रेमिट्यान्समा सुधार र सरकारी खर्च बढ्दा बैंकहरुमा तरलताको अवस्था सहज देखिएको हो,’ उनले भने, ‘तर, उच्च ब्याजदर र बजारको स्थितिका कारण सचेत भएर लगानी गर्नुपर्ने अवस्था छ ।’ बैंकहरुलाई प्राथमिक पूँजीकोषको प्रावधानले पनि दबाबमा राखेको उनको  भनाइ छ ।

बैंकमा साढे ४८ खर्ब निक्षेप ४३ खर्ब कर्जा प्रवाह

निक्षेप पर्याप्त नभएर लगानीयोग्य पुँजीको अभाव भोगेका वाणिज्य बैंकहरूले अहिले सहज रूपमा निक्षेप बढ्दा पनि कर्जा लगानी गर्न सकेका छैनन् । नेपाल बैंकर्स संघका अनुसार गत असारयता बैंकहरूमा तीन खर्ब १०...

तीन सरकारी बैंकमा एक खर्ब ६ अर्बको हिसाब गडबड : महालेखा

नेपाल बैंकमा ९२ अर्ब ७० करोड, कृषि विकास बैंकमा आठ अर्ब ९९ करोड र राष्ट्रिय वाणिज्य बैंकमा चार अर्ब ९१ करोडको हिसाब नमिलेको महालेखाको प्रतिवेदनले औँल्याएको छ  सरकारी स्वामित्वका तीन वाणिज्य बैंकमा...

स्वीस बैंकमा नेपालीको ४६ अर्ब रुपैयाँ, सरकार मौन

नेपाल आर्थिक रुपमा संकटमा पर्दै गएका विवरणहरु सार्वजनिक भैरहँदा नेपालीहरुको झण्डै आधा खर्ब रुपैयाँ स्वीस बैंकमा भएको समाचार बाहिरिएको छ । पूर्व अर्थमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले ट्वीट गर्दै सन् २०२० सम्म स्वीस बैंकमा नेपालीहरुको ४६ अर्ब६४ करोड रकम जम्मा भएको जानकारी दिनुभएको हो । डा. लोहनी नेपालीहरुले स्वीस बैंकमा रकम …

चुनावपछि बैंकमा १३ अर्ब रुपैयाँ फर्कियो

स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ । जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो । यता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानी समेत बढाएका छन् । संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ ग

भारतीयहरुको स्वीस बैंकमा ३ खर्ब ३१ अर्ब कालो धन

काठमाडौं। भारतीयहरुले अवैध तरिकाले स्वीस बैंकमा रकम जम्मा गर्ने क्रम बढेको छ। सन् २०२०मा स्वीस बैंकमा भारतीयहरुले अवैध तरिकाले जम्मा गरेको रकम २.५५ स्वीस फ्रैंक (करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ) पुगेको हो। स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले यो तथ्याङ्क हालै सार्वजनिक गरेको हो। सन् २०१९ मा भारतीयहरुले अवैध रुपमा स्वीस बैंकमा मात्र एक खर्ब ६ अर्ब रुपैयाँ राखेका थिए।