बैंकमा साढे तीन खर्ब तरलता

काठमाडौं  । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक, वित्तीय संस्थामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरुले असार १४ गतेसम्ममा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा वृद्धि नहुँदा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ६२ प्रतिशतमा ओर्लेको छ ।  राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । यस हिसाबले बैंकहरुसँग अझै ३ खर्ब ५७ अर्ब थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।  तर, पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनमा कर्जा प्रवाह सुस्त छ । जेठ ३१ गते बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । दुई सातामा ५२ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा प्रवाह भने ६ अर्बले मात्र वृद्धि भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी वृद्धि भएपनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर गत साता २ प्रतिशतसम्म ओर्लेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक सातामै दुईपटक रिभर्स रिपोमार्फत २३ अर्ब २० रुपैयाँ तरलता खिचेको थियो । त्यसपछि अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ ।  उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमीले बजारमा कर्जाको माग छैन । बैंकहरु पनि कर्जा प्रवाहभन्दा असुलीमा केन्द्रित छन् । बैंकहरुको लगानी टे«जरी बिल्सलगायत सरकारी ऋणपत्रमा केन्द्रीत देखिन्छ ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तरलता सहज भए पनि बजारको अवस्थाले ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । ‘रेमिट्यान्समा सुधार र सरकारी खर्च बढ्दा बैंकहरुमा तरलताको अवस्था सहज देखिएको हो,’ उनले भने, ‘तर, उच्च ब्याजदर र बजारको स्थितिका कारण सचेत भएर लगानी गर्नुपर्ने अवस्था छ ।’ बैंकहरुलाई प्राथमिक पूँजीकोषको प्रावधानले पनि दबाबमा राखेको उनको  भनाइ छ ।

सम्बन्धित सामग्री

२४ खर्ब नजिक सार्वजनिक ऋण

अहिले आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड र वाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड पुगेको छ । यसरी कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब नजिक पुगेको हो ।

खर्च सवा खर्ब बढ्यो, राजस्व एक खर्ब घट्याे

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको कुल खर्च सावाँ खर्ब रूपैयाँ बढे पनि सरकारको राजस्व भने एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।...

यो वर्ष साढे नौ खर्ब हाराहारी राजस्व उठ्ने

आयातमा सुधार नहुँदा लक्ष्यभन्दा सवा दुई खर्ब कम राजस्व उठ्ने, संशोधित लक्ष्य भेट्न २७ दिनमा तीन खर्ब ३८ अर्ब राजस्व उठाउनुपर्ने चुनौती सामान्य अवस्था रहेमा यो वर्ष नौ खर्ब ६२ अर्ब...

तीन खर्ब ऋण थपियो दुई खर्ब भुक्तानी

काठमाडौं, असार ७। चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण […]

एक खर्ब पाँच अर्बले कम राजस्व संकलन

चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ८३ अर्ब ८० करोड राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको एक खर्ब पाँच अर्ब ४६ करोड कम हो । मन्त्रालयका अनुसार...

१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आया...

तीन वर्षमै एप्पलले थप्यो २ खर्ब डलर, ३ खर्ब डलरको संसारकै पहिलो कम्पनी

अमेरिकी कम्पनी एप्पल तीन खर्ब डलर बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ। एप्पल विश्वको ३ खर्ब डलरको बजार मूल्य पुगेको पहिलो प्रविधि कम्पनी बनेको हो। तीन वर्षअघि एक खर्ब डलर (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २ खर्ब डलर थप गर्न सफल भएको हो। सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]

सवा १० खर्ब राजस्व उठाउने लक्ष्य, साढे ५ खर्ब ऋण लिइने

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ ।  अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १०...