बैंकमा पौने ३ खर्ब कर्जायोग्य रकम

काठमाडौं। बैंकहरूको थप कर्जा विस्तार क्षमता पौने तीन खर्ब रुपैयाँ नाघेको छ । बैंकहरूको निक्षेप वृद्धि भए पनि कर्जा विस्तार हुन नसक्दा लगानीयोग्य रकम बढेको हो ।  नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार साउन ९ गते मंगलवारसम्ममा बैंक, वित्तीय संस्थामा निक्षेप ५ अर्ब रुपैयाँले बढेर ५६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । कर्जा भने ४ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ । बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव २१ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यो प्रावधानअनुसार वाणिज्य बैंंकहरूसँग ३ खर्ब ८१ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ ।  गत आर्थिक वर्ष (आव) को अन्तिम दिन सीडी रेसियो ८१ प्रतिशतसम्म झरेको थियो । त्यसअनुसार बैंकहरूसँग ५ खर्ब रुपैयाँसम्म कर्जा विस्तारको क्षमता थियो । तर, बैंकहरूले स्थानीय तहको सञ्चित कोषबाट निक्षेपमा गणना गर्न पाउने सुविधा हटेपछि निक्षेप रकम घटेको हो । गत आवको अन्तिम दिन ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको निक्षेप चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले घटेको हो ।  बैंक, वित्तीय संस्थामा तरलता अभावसँगै सरकारले गतवर्ष स्थानीय तहको सञ्चित पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । बैंकमा तरलता उच्च भएपछि चालू आवदेखि उक्त सुविधा कटौती भएको हो ।  बैंकहरूलाई दिइएका सुविधा सकिएपछि एकैपटक निक्षेप उच्च अंकले घट्दा अन्तरबैंक ब्याजदर पनि उच्च कायम हुँदै आएको छ । मंगलवार अन्तरबैंक ब्याजदर ६ दशमलव २ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्षको अन्तिममा अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेको थियो । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो तथा निक्षेप संकलन उपकरणबाट तरलता खिच्दासमेत सीमाभित्र आउन सकेको थिएन ।  क वर्गका बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकमा निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार नभएकाले केही महीनायता लगातार तरलता (लगानीयोग्य रकम) उच्च रहेको बताउँछन् । उच्च ब्याजदरका कारण बजारमा कर्जाको माग नभएकाले बैंकमा तरलता थुप्रिएको उनको भनाइ छ ।  गत आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले गस वर्ष पनि कर्जा प्रवाह घटाउने रणनीति नै लिएको छ । निजीक्षेत्र अधिक ऋण भारमा परेको र यसले निष्क्रिय कर्जासमेत बढ्न थालेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ । 

सम्बन्धित सामग्री

कर्जा नगएपछि फागुनमा मात्रै बैंकहरुले राष्ट्र बैंकमा राखे साढे २ खर्ब निक्षेप

काठमाडौं । कर्जा लगानी विस्तार हुन नसकेपछि बैंकहरुले फागुनमा मात्रै साढे २ खर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राखेका छन् । राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । राष्ट्र बैंकले उनीहरूको निक्षेप ३ […]

सरकारी ढुकुटीमा रकम घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकमा रहेको सरकारी ढुकुटीबाट असोजमा १७ अर्ब निक्षेप घटेको छ । सरकारको राजस्व आम्दानी तथा आन्तरिक ऋणको तुलनामा खर्च बढेपछि सरकारी ढुकुटीको रकम घटेको हो ।  राष्ट्र बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा सरकारी ढुकुटीमा १ खर्ब ४८ अर्ब ३७ करोड रुपैयाँ छ । गत असार मसान्तमा ४५ अर्ब ११ करोड रुपैयाँ सरकारी निक्षेप रहेकोमा साउन मसान्तमा बढेर १ खर्ब ९३ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि भने सरकारको निक्षेप क्रमश: घट्दै गएको देखिएको छ ।  कोभिड–१९ महामारीको प्रभाव र विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण आर्थिक गतिविधिमा कमी आएर राजस्व संकलन घटेपछि सरकारी ढुकुटीको रकम पनि घटेको थियो । यसले गर्दा सरकारले चालू आर्थिक वर्ष (आव) मा साउनदेखि नै आन्तरिक ऋण उठाउन शुरू गरेको थियो ।  यसैगरी बैंक, वित्तीय संस्थामा तरलता उच्च हुँदा अल्पकालीन ब्याजदर घटेपछि सरकारले सस्तोमा आन्तरिक ऋण उठाउन कार्यतालिका नै संशोधन गरेको थियो । चालू आवको असोजसम्म सरकारले विकास ऋणपत्रबाट ९२ अर्ब ३१ करोड र ट्रेजरी बिल्सबाट ५ अर्ब गरी कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सरकारले चालू आवमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।  चालू आवको असोजसम्ममा सरकारले २ खर्ब ३४ अर्ब ७७ करोड रुपैयाँ राजस्व उठाएको छ । यो चालू वर्षको लक्ष्यको १४ दशमलव ८७ प्रतिशत हो । यसमध्ये कर राजस्व २ खर्ब १४ अर्ब र गैरकर राजस्व २० अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।  यसैगरी चालू आवको असोजसम्म सरकारको खर्च ३ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यसमा साधारण खर्च २ खर्ब २८ अर्ब र पूँजीगत खर्च २६ अर्ब १८ करोड रुपैयाँ छ ।  गत आव २०७९/८० को असोजसम्ममा सरकारले २ खर्ब ८ अर्ब ५८ करोड रुपैयाँ राजस्व उठाएको थियो । उक्त अवधिमा सरकारको खर्च २ खर्ब ७८ अर्ब १६ करोड थियो । त्यसमध्ये साधारणमा २ खर्ब २३ अर्ब, पूँजीगतमा १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थातर्फ ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।  असोजमा राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको निक्षेप पनि घटेको छ । गत भदौसम्ममा बैंकहरूको निक्षेप २ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ रहेकोमा असोजमा घटेर २ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।  दशैंका लागि बैंक, वित्तीय संस्थाबाट पैसा झिक्नेको चाप बढ्दा बैंकहरूको राष्ट्र बैंकमा रहेको निक्षेप घटेको हो । दशैंमा मात्र बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  यसैगरी असोज मसान्तमा चलनचल्तीमा रहेको नगद ६ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । असारमा चलनचल्तीमा रहेको नगद ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ थियो ।  दशैंमा कारोबार वृद्धि हुँदा कात्तिक ९ गतेसम्ममा चलनचल्तीमा रहेको नगद बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारको खातामा पैसा कति छ ?

काठमाडौं, ४ वैशाख। नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रहेका विभिन्न खातामा १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको खातामा उक्त रकम रहेको हो। २०७९फागुन मसान्तसम्म सरकारको खातामा सो रकम रहेको राष्ट्र बैंकले जनाएको छ। २०७९असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

असोजसम्म सरकारका खातामा करिब २ खर्ब नगद मौज्दात

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनासम्म सरकारको खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा सो रकम बराबरको मौज्दात रहेको छ । २०७९ असार मसान्तसम्म ती खातामा २ […]

स्वीस बैंकमा नेपालीको ४६ अर्ब रुपैयाँ, सरकार मौन

नेपाल आर्थिक रुपमा संकटमा पर्दै गएका विवरणहरु सार्वजनिक भैरहँदा नेपालीहरुको झण्डै आधा खर्ब रुपैयाँ स्वीस बैंकमा भएको समाचार बाहिरिएको छ । पूर्व अर्थमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले ट्वीट गर्दै सन् २०२० सम्म स्वीस बैंकमा नेपालीहरुको ४६ अर्ब६४ करोड रकम जम्मा भएको जानकारी दिनुभएको हो । डा. लोहनी नेपालीहरुले स्वीस बैंकमा रकम …

बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप

लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा  निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ ।५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो । संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ ।नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सु

भारतीयहरुको स्वीस बैंकमा ३ खर्ब ३१ अर्ब कालो धन

काठमाडौं। भारतीयहरुले अवैध तरिकाले स्वीस बैंकमा रकम जम्मा गर्ने क्रम बढेको छ। सन् २०२०मा स्वीस बैंकमा भारतीयहरुले अवैध तरिकाले जम्मा गरेको रकम २.५५ स्वीस फ्रैंक (करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ) पुगेको हो। स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले यो तथ्याङ्क हालै सार्वजनिक गरेको हो। सन् २०१९ मा भारतीयहरुले अवैध रुपमा स्वीस बैंकमा मात्र एक खर्ब ६ अर्ब रुपैयाँ राखेका थिए।

२८ बैंकमा २४ खर्ब ६३ अर्ब बचत रकम, राष्ट्रिय वाणिज्यमा सबैभन्दा धेरै

२८ वटा वाणिज्य बैंकहरुले असार मसान्तसम्म २४ खर्ब ६३ अर्ब रुपैयाँ बचत रकम (निक्षेप) संकलन गरेका छन्। एक वर्षको अवधिमा बैंकमा कुल ३ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। २०७४ असार मसान्तसम्म २० खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप थियो।

बैंकमा खर्ब थपियो

बैंकिङ क्षेत्रमा एकैपटक एक खर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानीयोग्य रकम (तरलता) अभावमा नौ महिनादेखि छटपटिएको बैंकिङ क्षेत्रमा ठूलो