बैंकमा अझै ३ खर्ब अधिक तरलता

काठमाडौं । नेपाल बैंकर्स संघले व्याजदरमा कार्टेलिङ्गको प्रथा हटाएसँगै भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुमा तरलता अनुपात सन्तुलनमा आएसँगै अधिकांश बैंकहरूले ब्याजदर फेरबदल गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । भाद्रका लागि मुद्दति निक्षेप व्याजदरमा वृद्धि सार्वजनिक भएको […] The post बैंकमा अझै ३ खर्ब अधिक तरलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ऋण खोसाखोसमा बैंक, चाडपर्वले बढाएन माग

३ असोज, काठमाडौं । अधिक तरलता दबाबमा रहेका बैंकहरू तरलता व्यवस्थापन गर्न नसक्दा ऋण खोसाखोस गर्ने अवस्थामा पुगेका छन् । दुई वर्षयता लगातार अधिक तरलता चापमा रहेका बैंकले आफ्नो कोष कि त न्यून ब्याजदरमा राष्ट्र बैंकमा राख्नुपरेको …

अधिक तरलता भएपछि ३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

११ पुस, काठमाडौं । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० […]

बैंकमा साढे तीन खर्ब तरलता

काठमाडौं  । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक, वित्तीय संस्थामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरुले असार १४ गतेसम्ममा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा वृद्धि नहुँदा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ६२ प्रतिशतमा ओर्लेको छ ।  राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । यस हिसाबले बैंकहरुसँग अझै ३ खर्ब ५७ अर्ब थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।  तर, पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनमा कर्जा प्रवाह सुस्त छ । जेठ ३१ गते बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । दुई सातामा ५२ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा प्रवाह भने ६ अर्बले मात्र वृद्धि भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी वृद्धि भएपनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर गत साता २ प्रतिशतसम्म ओर्लेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक सातामै दुईपटक रिभर्स रिपोमार्फत २३ अर्ब २० रुपैयाँ तरलता खिचेको थियो । त्यसपछि अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ ।  उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमीले बजारमा कर्जाको माग छैन । बैंकहरु पनि कर्जा प्रवाहभन्दा असुलीमा केन्द्रित छन् । बैंकहरुको लगानी टे«जरी बिल्सलगायत सरकारी ऋणपत्रमा केन्द्रीत देखिन्छ ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तरलता सहज भए पनि बजारको अवस्थाले ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । ‘रेमिट्यान्समा सुधार र सरकारी खर्च बढ्दा बैंकहरुमा तरलताको अवस्था सहज देखिएको हो,’ उनले भने, ‘तर, उच्च ब्याजदर र बजारको स्थितिका कारण सचेत भएर लगानी गर्नुपर्ने अवस्था छ ।’ बैंकहरुलाई प्राथमिक पूँजीकोषको प्रावधानले पनि दबाबमा राखेको उनको  भनाइ छ ।

बैंकमा अधिक तरलता स्थिर

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै जाँदा त्यसको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह घटिनसके पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरूले बताएका छन् ।

बैंकमा अधिक तरलता : मारमा निक्षेपकर्ता !

१५ पुस, काठमाडौं । कुनै समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको धेरै अभाव थियो त्यसैले बैंकहरु आफैं निक्षेपकर्ताको कार्यालयसम्मै धाउँथे । हामीलाई निक्षेप दिनुपर्यो भन्दै संस्थागत निक्षेपकर्ताको कार्यालयसम्मै पुग्ने तिनै बैंकमा अहिले निक्षेपबारे खासै चासो देखिँदैन …

सरकारी बैंकमा पैसा थन्कियो, ऋण लिनै चाहँदैनन् उद्योगी

निजी क्षेत्रका बैंकहरूमा लगानी गर्न पैसा नहुँदा सरकारी बैंकहरू भने सहज अवस्थामा छन्। राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकमा भने लगानीयोग्य रकम थन्किएको छ। असोज मसान्तसम्म यी बैंकहरूमा मात्रै ३८ अर्ब रुपैयाँ अधिक तरलता छ। यीमध्ये पनि राष्ट्रिय वाणिज्यमा मात्रै २० अर्ब रुपैयाँ बढी रकम छ।

सरकारी खर्च बढ्दा अधिक तरलता

आर्थिक वर्ष २०७४/७५ को अन्तिम समयमा सरकारी खर्च वढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य मात्रामा थपिएको छ । बैंकमा थपिएको निक्षेपले ब्याजदरसमेत घट्ने सम्भावना बढेको छ ।