स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ । जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो । यता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानी समेत बढाएका छन् । संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ ग