स्थानीय तहको निर्वाचन : मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएको छ । आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो। तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम दिइएको आयोगले जनाएको छ । मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

'चुनावमा भएका घटनाहरुको जिम्मेवारी आयोगले लिनुपर्छ'

निर्वाचन आयोगले हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेपनि ८५ केन्द्रमा तनावको स्थिति उत्पन्न भयो । ति केन्द्रको मतदान प्रक्रिया स्थगित गर्दै फेरी दोहो¥याएर चुनाव गर्नुपर्ने स्थिति आयो । साथै देशका विभिन्न मतदान केन्द्रमा गरी ६७ स्थानमा प्रहरीले गोली चलायो । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका नै लुटपाट भयो । हुम्लाको चंखेलीमा झडप हुँदा मतदान अधिकृत नै घाइते भए । त्यहाँ प्रहरीले ८ राउण्ड गोली हानेको थियो । सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा झडप हुँ

बिरामी पर्न थाले निर्वाचन अधिकृतहरू

वैशाख ३० गते स्थानीय तहको निर्वाचन सकिएपछि मतपत्र सङ्कलन, मुचुल्का बनाउने, सर्वदलीय बैठक बस्ने काम सकेर मतपत्र गन्ने क्रम जारी छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भए लगत्तै अधिकांश स्थानीय तहका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सुत्न पाएका छैनन् । मतगणना जारी रहेका सहरी क्षेत्रका स्थानीय तहका मतदान अधिकृतहरू थकान, तनाव आदिका कारण बिरामी पर्न थालेका छन् ।एक स्थानीय तहमा एक जनामात्रै मतदान अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । लामो समयसम्म मतगणना गर्नुपर्ने हुँदा निर्वाचन अधिकृतहरू धमाधम ब

पाल्पामा शान्त वातावरणमा मतदान

पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको निर्वाचनमा मतदाताले उत्साहित हुँदै मतदान गरेका छन् । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित भएका थिए । मतदानस्थलमा बिहान ५ बजेदेखि नै मतदाता पुगेका देखिन्थे । मतदानस्थल बाहिर लामबद्ध अवस्थामा रहेका मतदाता एक आपसमा आफूले रोजेको सक्षम उम्मेदवारलाई मतदान गर्ने विषयमा वार्तालाप गरिरहेका थिए ।    रामपुरस्थित रामतुलसी माविको मतदानस्थलमा मतदान गर्न पुगेकी ७२ वर्षीया पूर्णकला पौडेलले आफ्नो गाउँ र ठाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गरेको बताइन् । उनी बिहान ५:३० बजे नै मतदानस्थल पुगेकी थिइन् । ‘स्थानीय सरकार जनताको सरकार भएकाले अन्य निर्वाचनभन्दा बेग्लै खालको रमाइलो अनुभूति भयो, आफूले चिने जानेका, छिमेकी उम्मेदवारलाई मतदान गर्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् । चर्को घाममा पाल्पाका मतदाता मतदान केन्द्रको बाहिर लाइनमा मतदानको व्यग्र प्रतीक्षामा थिए । रामपुर नगरपालिका अन्तर्गतका सबै मतदान केन्द्रमा शान्त र मर्यादित रूपमा मतदान भएको सहायक मतदान अधिकृत रामहरि पाण्डेयले बताए । पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारलाई नागरिकले राम्रैसँग बुझेकाले यसपटक आफूले विकासशील उम्मेदवारलाई मतदान गरेको स्थानीय पूर्णकला पौडेलले बताइन् । ‘राम्रो उम्मेदवार चुन्ने अधिकार हामीलाई छ, निर्वाचनमा पार्टीगत होइन, समाजको विकासका लागि योग्य व्यक्ति आवश्यक छ, गाउँमा विकास भयो भने हामी जनताले सुविधा लिन पाउछौं,’ उनले भनिन् । स्थानीय सरकार जनताको नजिकको भएको र नागरिकले आफ्ना गुनासा सीधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गरेको मतदाताले बताए । आधारभूत मावि मतदान केन्द्रमा मतदान गर्न पुगेकी सीता पोखरेलले जनताले सही व्यक्ति पहिचान गर्न सके मात्र देशको मुहार फेरिने बताइन् । स्थानीय निकायको निर्वाचन आफैमा महत्त्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनको पहिलो समयावधि सकिएपछि दोस्रो समयावधिका लागि भएको निर्वाचनमा मतदाताले सक्षम र योग्य उम्मेदवार चयन गरेको अपेक्षा गरिएको छ । रासस

मानव अधिकार आयोगले औंल्यायो निर्वाचनका कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका क्रममा देखिएका कमजोरीहरू औंल्याएको छ । आयोगले शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी ती कमजोरी औंल्याएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा मतदानमा ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपांगता भएका व्यक्तिको सहभागिता रहे पनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले मतदाता अघिल्लै दिनदेखि हिँडेर जानुपरेको उल्लेख गरेको छ । मतदाता शिक्षाको अभावमा मतदान गर्ने तरिकामा अलमल परेको, कतिपय मतदानस्थलमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको आयोगले औंल्याएको छ । त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी भएको, मतदान अधिकृत कुटिएको जस्ता घटनाप्रति आपत्ति जनाउँदै आयोगले राजनीतिक दलहरूलाई थप संयमित हुन सुझाएको छ । आयोगले स्थानीय तहको निर्वाचन स्थगित भएका स्थानमा शान्ति सुरक्षाको व्यवस्था गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्‍याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले झडपमा घाइते भएकाहरूको उपचार गर्न पनि आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका अध्यक्ष, सदस्य, पूर्व पदाधिकारीहरू तथा कामु सचिव नेतृत्वको ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारी सम्मिलित ४५ टोलीले ७७ ओटै जिल्लामा अनुगमन गरेको आयोगले जानकारी दिएको छ । ‘अनुगमनको क्रममा प्राप्त जानकारीअनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायत जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाईफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ ।’ आयोगले निर्वाचत अपेक्षाकृत शान्तिपूर्ण रुपमा हुन नसकेको पनि औंल्याधएको छ ।

रसुवामा २५ प्रतिशत मतदान

शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले १०ः३० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । सांसद मोहन आर्चायले उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ केन्द्रबाट ९ः३० बजे मतदान गरेको मतदान अधिकृत नेत्रमणि न्यौपानेले जानकारी दिए ।रसुवा जिल्लाको ५१ मतदान केन्द्रबाट मतदाता गर्ने मतदाताको सङ्ख्या ३८ हजार ५४५ जना बताइएको छ । मौसम सामान्य रहेकोले मतदानका लागि उत्साहपूर्वक  मतदाता लामबद्व भएर

दोलखा र बाराको केहि मतदान केन्द्रमा दुई पक्ष बीच विवाद, मतदान कार्य रोकियो

वैशाख ३०, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदानस्थलमा दुई पक्षबीच झडपको स्थिति आएपछि मतदान रोकिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान शुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान कार्य स्थगित रहेको छ  । मतदानस्थलमा ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत छ। मतदान  जारी रहेका बखत ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको स्रोतले बताएको छ । यसैगरी बारा जिल्लाको देवताल गाउँपालिका  ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा एक जना सख्त घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने हाल मतदान पनि रोकिएको छ । यस्तै पचरौता नगरपालिका २ बैरिया मतदान केन्द्रमा दुई समूहबीच विवाद भएको छ । र मतदान कार्य स्थगित भएको छ ।यसैगरी बाजुराको बुढिगंगा नगरपालिकामा पनि विवाद भएको छ । त्यहाँ पनि मतदान शुरु हुन सकेको छैन । त्यस्तै हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा  मतदान केन्द्रका मतदान अधिकृतसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेको बुझिएको छ । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन् । खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएर जिल्लाभर परिचालन गरिएको छ । यसैबीच प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ५ गतेभित्र नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावली पठाउन परिपत्र गरेपछि खेलक्षेत्र अन्योलमा पुगेको छ । आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदै छ । तर कञ्चनपुरमा त्यसको  तयारी भने शून्य छ । ‘प्रदेश खेलकुदमार्फत राखेपबाट जेठ २ र ३ गते प्रतियोगिताका लागि जिल्लाको छनोट गर्नुपर्ने पत्र आएको छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भने, ‘प्रशिक्षकसहित हामी चुनावमा खटिएका छौं, थोरै समयमा खेलकुदको धेरै तयारी गर्नुपर्ने अवस्था छ ।’ राष्ट्रिय प्रतियोगितामा हुने कुल ३८ खेलमध्ये यहाँबाट ३० खेलका खेलाडी सहभागी हुने भएका छन् । तर उनीहरूले चाहेजस्तो प्रशिक्षण पाउन सकेका छैनन् । जेठमै प्रवीणता प्रमाणपत्र तहको परीक्षा सञ्चालन हुँदै छ । सबै खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सक्ने सम्भावना पनि कम छ । खेलाडी धेरैजसो परीक्षाको तयारीमा छन् । निर्वाचनले पनि प्रशिक्षण प्रभावित बनेको छ । अहिलेको वातावारणले खेलाडीलाई मानसिक र शारीरिक रूपले तयारी गर्ने समय पर्याप्त नभएको गुनासो यहाँका खेलप्रेमीले गरेका छन् । हतार हतारमै तयारीबिना राष्ट्रिय प्रतियोगितामा सहभागी हुने चटारो देखिन्छ । ‘दशवटा तौल समूहका लागि खेलाडी मागेको छ, भर्खर सबै नयाँ खेलाडी ल्याएर प्रशिक्षण गराउँदै छु,’ एक खेल प्रशिक्षकले भने, ‘खेलाडी खोजेर ल्याउन पनि समस्या भएको छ ।’ प्र्रशिक्षक एकातिर निर्वाचनमा खटिएका छन् भने अर्कोतर्फ लगत्तै खेलाडीको छनोट सक्नुपर्ने बाध्यता छ । रासस

काठमाडौंको राष्ट्रिय सभा गृहमा नमुना मतदान

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा नमुना मतदान कार्यक्रम गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो । उक्त मतदान कार्यक्रममा उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका थिए । सर्वसाधारणलाई मतदानको प्रक्रिया र म तबदर नगर्न सो कार्यक्रमको गरिएको हो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ […]