मानव अधिकार आयोगले औंल्यायो निर्वाचनका कमजोरी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका क्रममा देखिएका कमजोरीहरू औंल्याएको छ । आयोगले शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी ती कमजोरी औंल्याएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा मतदानमा ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपांगता भएका व्यक्तिको सहभागिता रहे पनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले मतदाता अघिल्लै दिनदेखि हिँडेर जानुपरेको उल्लेख गरेको छ । मतदाता शिक्षाको अभावमा मतदान गर्ने तरिकामा अलमल परेको, कतिपय मतदानस्थलमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको, शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको आयोगले औंल्याएको छ । त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी भएको, मतदान अधिकृत कुटिएको जस्ता घटनाप्रति आपत्ति जनाउँदै आयोगले राजनीतिक दलहरूलाई थप संयमित हुन सुझाएको छ । आयोगले स्थानीय तहको निर्वाचन स्थगित भएका स्थानमा शान्ति सुरक्षाको व्यवस्था गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्‍याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले झडपमा घाइते भएकाहरूको उपचार गर्न पनि आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका अध्यक्ष, सदस्य, पूर्व पदाधिकारीहरू तथा कामु सचिव नेतृत्वको ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारी सम्मिलित ४५ टोलीले ७७ ओटै जिल्लामा अनुगमन गरेको आयोगले जानकारी दिएको छ । ‘अनुगमनको क्रममा प्राप्त जानकारीअनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायत जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाईफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ ।’ आयोगले निर्वाचत अपेक्षाकृत शान्तिपूर्ण रुपमा हुन नसकेको पनि औंल्याधएको छ ।

सम्बन्धित सामग्री

‘गरिबका लागि मानव अधिकार आयोग खोज्नुपर्ने भयो’

गरिबका लागि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय खोज्नुपर्ने अवस्था भएको एक कार्यक्रमबीच सहभागीहरुले बताएका छन्।...

‘वातावरण प्रदूषणमा संलग्नलाई कानुनी दायरामा ल्याउ’ : मानव अधिकार आयोग

काठमाडौं,२२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो । स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवम् सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको […]

राजनीतिक आवरणमा मुद्दा फिर्ता लिन खोज्नु बेठीक : मानव अधिकार आयोग

काठमाडौं,३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले विभिन्न राजनीतिक दल तथा समूहका कार्यकर्ताको मुद्दा फिर्ता लिन सक्ने गरी कानुन संशोधन गर्न खोज्नु बेठीक भएको बताएको छ । मानव अधिकार आयोगले बुधबार पत्रकार सम्मेलन गरी राजनीतिक आवरणमा मुद्दा फिर्ता लिन खोजिनु चिन्ताजनक भएको उल्लेख गरेको छ । ‘हरेक घटनालाई राजनीतिक आवरण दिंदै जाने हो भने […]

पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्छ– राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं, २२ फागुन। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाले पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताएका हुन् । मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य […]

१४ महिनादेखि कामु सचिवकै  भरमा मानव अधिकार आयोग

के आधारमा सचिव नियुक्त गर्ने भनी पदाधिकारीबीच मत बाझिँदा बन्न सकेन निर्देशिका पदाधिकारीबीचमै मत बाझिँदा राष्ट्रिय मानव अधिकार आयोग १४ महिनासम्म कायममुकायम सचिवकै भरमा चलिरहेको छ । आयोगका सहसचिव मुरारीप्रसाद खरेल अहिले...

मानव अधिकार आयोगको कार्यालय जुम्लामै राख्न ध्यानाकर्षण

जुम्ला- जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न माग गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकर्षण गराएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग काठमाडौँलाई जिल्ला प्रशासन र जुम्लास्थित आयोगको कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि नेपाल सरकार […]

पल शाह प्रकरणमा मानव अधिकार आयोग बोल्यो (विज्ञप्तीसहित)

काठमाडौं, २० फागुन । बलात्कार अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको अनुसन्धानमा सघाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको हो । आज एक विज्ञप्ती जारी गर्दै आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार […]

एमसीसीविरुद्धको प्रदर्शन अनुगमन गर्न मानव अधिकार आयोगले खटायो टोली

१२ फागुन, काठमाडौं । एमसीसीविरुद्ध भइरहेको प्रदर्शन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली नयाँबानेश्वर क्षेत्रमा खटिएको छ । मानव अधिकार आयोग अन्तर्राष्ट्रिय सन्धि महाशाखाका सदस्यहरु अनुगमनमा खटिएका हुन् । संसद भवन परिसरमा भेटिएका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले भने, ‘प्रोसेसको कुरा हामी हेर्दैनौं । मानव अधिकार उल्लंघनको विषयमा हाम्रो चासो रहन्छ ।’ बस्यालले सडक […]

कामु सचिवको भरमा मानव अधिकार आयोग

काठमाडौं, फागुन ५ । राष्ट्रिय मानव अधिकार आयोग नौ महिनादेखि कायममुकायम (कामु) सचिवका भरमा चलिरहेको छ । पछिल्लो समय आयोगमा सहसचिव मुरारी खरेल गत जेठ १६ देखि कामु सचिवको जिम्मेवारीमा रहेका छन् । आयोगमा हाल छ जना सहसचिव कार्यरत छन् । पछिल्लो समय आयोगमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहका मुरारी खरेल, डा टीकाराम पोखरेल, यज्ञ […]