पाल्पामा शान्त वातावरणमा मतदान

पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको निर्वाचनमा मतदाताले उत्साहित हुँदै मतदान गरेका छन् । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित भएका थिए । मतदानस्थलमा बिहान ५ बजेदेखि नै मतदाता पुगेका देखिन्थे । मतदानस्थल बाहिर लामबद्ध अवस्थामा रहेका मतदाता एक आपसमा आफूले रोजेको सक्षम उम्मेदवारलाई मतदान गर्ने विषयमा वार्तालाप गरिरहेका थिए ।    रामपुरस्थित रामतुलसी माविको मतदानस्थलमा मतदान गर्न पुगेकी ७२ वर्षीया पूर्णकला पौडेलले आफ्नो गाउँ र ठाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गरेको बताइन् । उनी बिहान ५:३० बजे नै मतदानस्थल पुगेकी थिइन् । ‘स्थानीय सरकार जनताको सरकार भएकाले अन्य निर्वाचनभन्दा बेग्लै खालको रमाइलो अनुभूति भयो, आफूले चिने जानेका, छिमेकी उम्मेदवारलाई मतदान गर्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् । चर्को घाममा पाल्पाका मतदाता मतदान केन्द्रको बाहिर लाइनमा मतदानको व्यग्र प्रतीक्षामा थिए । रामपुर नगरपालिका अन्तर्गतका सबै मतदान केन्द्रमा शान्त र मर्यादित रूपमा मतदान भएको सहायक मतदान अधिकृत रामहरि पाण्डेयले बताए । पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारलाई नागरिकले राम्रैसँग बुझेकाले यसपटक आफूले विकासशील उम्मेदवारलाई मतदान गरेको स्थानीय पूर्णकला पौडेलले बताइन् । ‘राम्रो उम्मेदवार चुन्ने अधिकार हामीलाई छ, निर्वाचनमा पार्टीगत होइन, समाजको विकासका लागि योग्य व्यक्ति आवश्यक छ, गाउँमा विकास भयो भने हामी जनताले सुविधा लिन पाउछौं,’ उनले भनिन् । स्थानीय सरकार जनताको नजिकको भएको र नागरिकले आफ्ना गुनासा सीधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गरेको मतदाताले बताए । आधारभूत मावि मतदान केन्द्रमा मतदान गर्न पुगेकी सीता पोखरेलले जनताले सही व्यक्ति पहिचान गर्न सके मात्र देशको मुहार फेरिने बताइन् । स्थानीय निकायको निर्वाचन आफैमा महत्त्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनको पहिलो समयावधि सकिएपछि दोस्रो समयावधिका लागि भएको निर्वाचनमा मतदाताले सक्षम र योग्य उम्मेदवार चयन गरेको अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

पाल्पामा मतदान केन्द्रमा पुगेर कर्मचारीले काम गर्न थाले

पाल्पा । पाल्पामा आइतबार हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर प्रारम्भिक चरणको काम सुरु गरेका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनका लागि पाल्पामा १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएको पाल्पाका मुख्य निर्वाचन […]

पाल्पामा मतदान केन्द्रमा खटिए कर्मचारी

पाल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि पाल्पामा कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि मतदान अधिकृत सहितको टोली निर्वाचन सामाग्री सहित खटिएका हुन् । ११८ मतदान स्थल र २४६ मतदान केन्द्रका लागि १ हजार ९ सय ७२ कर्मचारी मतदान केन्द्रमा खटिएको मुख्य […]

पाल्पामा मतदान अधिकृतलाई अभिमुखिकरण

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पाल्पामा शुक्रबारदेखि अभिमुखिकरण सुरु गरिएको छ । निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बातावरणमा गराउन तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । ११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा खटिने […]

पाल्पामा नमुना मतदान

काठमाडौं । निर्वाचनमा बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान गरिएको हो । नमुना मतदानबाट मतदातालाई मत कसरी खसाल्ने र कसरी सही मत खसाल्न सकिन्छ भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ […]

पाल्पामा बिहानैदेखि मतगणना सुरु

३१ वैशाख, पाल्पा । पाल्पाका पूर्वखोला, माथागढी र रम्भा गाउँपालिकामा शनिबार बिहानैदेखि मतगणना कार्य सुरू भएको छ । जिल्लाका यस्तै अन्य पालिकाहरूमा पनि मत गणनाको तयारी भइरहेको मतदान अधिकृतको कार्यालयले जनाएका छन् । पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रबाट शुक्रबार स्थानीय तह निर्वाचन भएको थियो । पाल्पामा ६९.०२ प्रतिशत मत […]

पाल्पामा उत्साहजनक रूपमा मतदान चल्दै (फाेटाे फिचर)

पाल्पा – पाल्पामा उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । पालिका चुनाव अन्तर्गत पाल्पाका दुई सय ४७ मतदान केन्द्रमा मतदान भइरहेकाे हाे ।    अहिले दिउँसाे २ बजेसम्म ५० प्रतिशत मत खसेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । मतदान स्थलमा भिड भए पनि धेरै जनाले मास्क प्रयाेग नगरेकाे पाइएकाे छ । चर्को घाममा धेरै समय उभिनुुपरेको मतदाताहरूकाे गुनासाे छ ।

पाल्पामा शान्त वातावरणमा मतदान

पाल्पा, ३० वैशाख । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन् ।स्थानीय तहमा नयाँ जनप्रतिनिधि रोज्ने पाँच वर्षको प्रतिक्षाको घडी आज समाप्त भएको छ । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता […]

पाल्पामा सय वर्षका लक्ष्मीप्रसाद तिमल्सिनाले गरे मतदान

काठमाडौं: पाल्पामा पूर्वखोला गाउँपालिकामा  १०० बर्षका लक्ष्मीप्रसाद तिमल्सिनाले स्थानीय प्रतिनिधि चुन्नको लागि मतदान गरेका छन्।उनले पाल्पा पूर्वखाेला उद्वबुद्व माध्यामिक विद्यालयमा मतदान केन्द्रमा मतदान गरेका हुन्। उनलाई मतदान गर्न घरबाट बाेकेर लगिएकाे थियाे।

पाल्पामा १ सय ८ वर्षीया वृद्धाद्वारा मतदान

पाल्पा - पाल्पामा १ सय ८ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । रिब्दीकोट गाउँपालिका-३ की मानकुमारी भाट क्षेत्रीले खस्यौली गाविस भवन, खस्यौली मतदान केन्द्रमा मतदान गर्नुभएको हो । पाल्पाका २ सय ४७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् । गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, […]