दोलखा र बाराको केहि मतदान केन्द्रमा दुई पक्ष बीच विवाद, मतदान कार्य रोकियो

वैशाख ३०, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदानस्थलमा दुई पक्षबीच झडपको स्थिति आएपछि मतदान रोकिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान शुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान कार्य स्थगित रहेको छ  । मतदानस्थलमा ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत छ। मतदान  जारी रहेका बखत ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको स्रोतले बताएको छ । यसैगरी बारा जिल्लाको देवताल गाउँपालिका  ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा एक जना सख्त घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने हाल मतदान पनि रोकिएको छ । यस्तै पचरौता नगरपालिका २ बैरिया मतदान केन्द्रमा दुई समूहबीच विवाद भएको छ । र मतदान कार्य स्थगित भएको छ ।यसैगरी बाजुराको बुढिगंगा नगरपालिकामा पनि विवाद भएको छ । त्यहाँ पनि मतदान शुरु हुन सकेको छैन । त्यस्तै हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा  मतदान केन्द्रका मतदान अधिकृतसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेको बुझिएको छ । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । महाशाखाले यी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ। यस्तै, आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवनमा पनि बाढीको जोखिम […]

सिन्धुलीको कमलामाईमा भक्तजनहरुको घुइँचो

सिन्धुली । सिन्धुलीको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ । मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका श्रद्धालु भक्तजनहरू कमलामाईको पूजा अर्चना गरी भाकल बुझाउन कमलामाईमा आउन गर्न थालेका छन् । मंसिर महिनामा लागेसँगै कमलामाई स्थानमा पूजा अर्चना गरी सामुहिक वनभोज […]

५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

काठमाडौँ – ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ । दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ। त्यस्तै गण्डकी […]

२४ घण्टामा ३० स्थानमा आगलागी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् । मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौँ, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुङ्गा, डोटी, […]

यी जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

कोरोनाभाइरसको ५०० भन्दाबढी संक्रमित भएको जिल्ला १७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम ...

यी ३६ जिल्लामा छन् ५ सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। देशभर ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका ३६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ। ती जिल्लामा मोरङ,सुनसरी, झापा,धनुषा, पर्सा, महोत्तरी,बारा, सिराहा, काठमाडौं, भक्तपुर,ललितपुर,चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ,नुवाकोट, दोलखा,गोरखा, नवलपरासी (पूर्व), म्याग्दी,बाग्लुङ, दाङ,बाँके, रुपन्देही, पाल्पा,बर्दिया, कपिलवस्तु, नवलपरासी(पश्चिम), सुर्खेत,डडेल्धुरा, कैलाली,कञ्चनपुर, र्बैतडी र अछाम रहेका छन्।

४४ जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी

काठमाडौं। देशका ४४ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ,सुनसरी,झापा, रौतहट,धनुषा, पर्सा, महोत्तरी,बारा, सप्तरी,सिराहा, सर्लाही, काठमाडौं, भक्तपुर,ललितपुर, चिवतन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटा,दोलखा, रामेछाप, कास्की, गोरखा,नवलपरासी, तनहुँ,लम्जुङ, दाङ,बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (पश्चिम), रोल्पा,सुर्खेत,दैलेख, डडेलधुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटी छन्।

थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा

कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।

५३ जिल्लाका ३ सय बढी ठाउँमा अझै वन डढेलो

काठमाडौं : केही दिन यता देशभरका वनमा लागिरहेको डढेलो अझैसम्म नियन्त्रणमा आएको छैन। यो समाचार तयार पार्दासम्म मुलुकभर ५३ जिल्लाका विभिन्न वनमा गरेर ३ सय १५ ठाउँमा आगलागी भइरहेको छ।अछाम १२,अर्घाखाँची ५, बाग्लुङ २, बझाङ २, बाजुरा ५, बाँके १८,बारा ५, बर्दिया १२, भोजपुर ३,चितवन १०, डडेलधुरा ८, दैलेख ५,दाङ १४, दार्चुला ३,धादिङ ३, धनकुटा १, दोलखा २, डोटी १८,गोर्खा १, इलाम १, जाजरकोट ७,काभ्रेपलाञ्चोक ६, कैलाली ७ ठाउँमा डढेलो भइरहेको वन तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले

शुक्रबारै काेराेनाका कारण ११ जनाकाे निधन

काठमाडाैं : देशभर शुक्रबार कोरोना संक्रमणका देशभर ११ जनाको ज्यान गएको छ।  मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर दोलखा र प्युठानका एक एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ। जसमा दोलाखाकी एक महिला र बाँकी पुरुष हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अन...