नवौं राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन् । खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएर जिल्लाभर परिचालन गरिएको छ । यसैबीच प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ५ गतेभित्र नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावली पठाउन परिपत्र गरेपछि खेलक्षेत्र अन्योलमा पुगेको छ । आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदै छ । तर कञ्चनपुरमा त्यसको  तयारी भने शून्य छ । ‘प्रदेश खेलकुदमार्फत राखेपबाट जेठ २ र ३ गते प्रतियोगिताका लागि जिल्लाको छनोट गर्नुपर्ने पत्र आएको छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भने, ‘प्रशिक्षकसहित हामी चुनावमा खटिएका छौं, थोरै समयमा खेलकुदको धेरै तयारी गर्नुपर्ने अवस्था छ ।’ राष्ट्रिय प्रतियोगितामा हुने कुल ३८ खेलमध्ये यहाँबाट ३० खेलका खेलाडी सहभागी हुने भएका छन् । तर उनीहरूले चाहेजस्तो प्रशिक्षण पाउन सकेका छैनन् । जेठमै प्रवीणता प्रमाणपत्र तहको परीक्षा सञ्चालन हुँदै छ । सबै खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सक्ने सम्भावना पनि कम छ । खेलाडी धेरैजसो परीक्षाको तयारीमा छन् । निर्वाचनले पनि प्रशिक्षण प्रभावित बनेको छ । अहिलेको वातावारणले खेलाडीलाई मानसिक र शारीरिक रूपले तयारी गर्ने समय पर्याप्त नभएको गुनासो यहाँका खेलप्रेमीले गरेका छन् । हतार हतारमै तयारीबिना राष्ट्रिय प्रतियोगितामा सहभागी हुने चटारो देखिन्छ । ‘दशवटा तौल समूहका लागि खेलाडी मागेको छ, भर्खर सबै नयाँ खेलाडी ल्याएर प्रशिक्षण गराउँदै छु,’ एक खेल प्रशिक्षकले भने, ‘खेलाडी खोजेर ल्याउन पनि समस्या भएको छ ।’ प्र्रशिक्षक एकातिर निर्वाचनमा खटिएका छन् भने अर्कोतर्फ लगत्तै खेलाडीको छनोट सक्नुपर्ने बाध्यता छ । रासस

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता!

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज […]

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।...

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुनेछ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि […]

नवौं राष्ट्रिय खेलकुद : गण्डकीसँग सुदुरपश्चिम पराजित

म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि सुरू भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसँग सुदुरपश्चिम प्रदेश पराजित भएको छ।...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे ...

नवौं राष्ट्रिय खेलकुद गर्न आठ निर्णय

आगामी असोजको अन्त्यदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको पहिलो बैठकले शुक्रबार आठ मुख्य निर्णय गरेको छ।...

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ। यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।...

नवौं राष्ट्रिय खेलकुद सर्ने सम्भावना

यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा  हुने तय भइसकेको थियो ।तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो । प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने

नवौं राष्ट्रिय खेलकुद जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी […]

नवौं राष्ट्रिय खेलकुद जेठमा !

२७ फागुन, काठमाडौं । दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु गरेका छन् । गण्डकी प्रदेशमा २०७७ मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सारिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिवबारे अदालती […]