सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ । मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् । सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले बताउनुभयो ।

सम्बन्धित सामग्री

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

काठमाडौँ,६ माघ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताए । यात्रुका गुनासालाई […]

उपत्यकामा ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरु

माघ ६, काठमाडौं  । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीवारदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको हो ।  अभियानको महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन् । कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्रगतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुनसक्ने सङ्क्रमण रोक्नका लागि ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरिएको बताए । सुरुको चरणमा १५ हजार सार्वजनिक सवारी साधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जानकारी दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।  ‘अहिले राजधानीबाट शुरु गरेको यो अभियानलाई क्रमशः देशव्यापी लैजान्छौँ’, उनले भने । उनले देशभरका यातायात मजदूरलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेका छन् । रासस

आजबाट तीन दिन काठमाडौं ३२ वटै वडाबाट भेरोसेल खोपको दोस्रो डोज दिने

काठमाडौं।आजबाट तीन दिन काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट भरोसेल खोपको दोस्रो डोज दिने भएको छ।भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई दोस्रो डोज दिइने छ।गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप कार्यक्रम अन्तर्गत ५५ वर्ष वा सो भन्दामाथि सबै उमेर समूहका व्यक्तिहरु, सार्वजनिक सवारी चालक, सहचालक र शिक्षक तथा प्राध्यापकहरुलाई खोप उपलब्ध गराइने छ।

ललितपुर महानगरमा भोलिदेखि यी नागरिकलाई लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप

काठमाडौं । ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने जनाइएको छ । खोप लगाउनका लागि महानगरपालिकाले तीनवटा खोप केन्द्र तोकेको छ ।  पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक...

रूपन्देहीमा पनि भोलिदेखि सार्वजनिक सवारी चल्ने

रूपन्देहीमा भोलि (मंगलबार)देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै जोरबिजोर प्रणालीमा ‘पब्लिक भेइकल’ जिल्लाभित्र सञ्चालनमा गरिने भएको हो ।  सवारीसाधनको सिट क्षमताको आधा मात्रै यात्रु चढाउन पाइनेछ भने यातायात भाडामा ५० प्रतिशत वृद्धि भएको छ ।  चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।  २१ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै ‘पब्लिक भेइकल’ सञ्चालन हुने प्रमुख जिल्ला...

सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी

कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ । कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ । सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने कतिपय बटुवासमेत मास्क बेगर देखिन थालेका छन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हाल सङ्क्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँदै हाल सङ्क्रमणको सङ्ख्या पनि १५० देखि दुई सयको हाराहारीमा भएका कारण मास्क लगाउने दर घटेको हुन सक्ने तर्क गर्नुभयो । डा. पाण्डेले खोप आए पनि अहिल्यै सर्वसाधारणसम्म नपुग्ने भएकाले मास्क अनिवार्य रूपमा लगाउन सल्लाह दिनुभयो ।

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य प्रदेश ३