रूपन्देहीमा भोलि (मंगलबार)देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै जोरबिजोर प्रणालीमा ‘पब्लिक भेइकल’ जिल्लाभित्र सञ्चालनमा गरिने भएको हो ।
सवारीसाधनको सिट क्षमताको आधा मात्रै यात्रु चढाउन पाइनेछ भने यातायात भाडामा ५० प्रतिशत वृद्धि भएको छ ।
चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।
२१ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै ‘पब्लिक भेइकल’ सञ्चालन हुने प्रमुख जिल्ला...