उपत्यकामा ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान शुरु

माघ ६, काठमाडौं  । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीवारदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको हो ।  अभियानको महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन् । कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्रगतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुनसक्ने सङ्क्रमण रोक्नका लागि ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरिएको बताए । सुरुको चरणमा १५ हजार सार्वजनिक सवारी साधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जानकारी दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।  ‘अहिले राजधानीबाट शुरु गरेको यो अभियानलाई क्रमशः देशव्यापी लैजान्छौँ’, उनले भने । उनले देशभरका यातायात मजदूरलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत आग्रह गरेका छन् । रासस

सम्बन्धित सामग्री

माओवादीलाई पुरानै ताकतमा फर्काउने अभियान शुरु गर्दैछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र विकास निर्माणको अर्को अभियान शुरु गर्ने घोषणा गरेका छन् ।३१ औं माओ जयन्तीको अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको बलमा मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने बताए।पार्टीले गत भदौ १६ गते शुरु गरेको तीन महिने अभियान सकिएलगत्तै फेरि अर्को अभियान शुरु गर्ने उनले बताए। &l

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

काठमाडौं : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ। ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ। सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो। महिला बालबालिक

सुन्दर इराकका लागि टाइग्रिस नदीको सरसफाई अभियान शुरु

एजेन्सी । इराकको राजधानी बगदादलाई छुट्याउने टाइग्रिस नदीको किनार सफा गर्न युवाहरुको समूहले अभियान शुरु गरेको छ नदीलाई सफा, स्वस्थ र अझ सुन्दर इराक बनाउन सरसफाइको कार्यक्रम अघि बढाएको बताइएको छ । दशकौंको द्वन्द्व र वर्षौंको राजनीतिक र आर्थिक उथलपुथलमा रुमल्लिएको लामो समयपछि यो अभियान शुरु गरिएको हो । यो अभियान पहिलो र अन्तिम नभएको […]

पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरीः मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताएका छन्।...

बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु

बुटवल – बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ। जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए। बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि […]

‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु, रुक्माङ्गत कटुवालको नेतृत्व गर्दै

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु भएकाे छ ।

गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु

सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ।

बेलायतमा युवा लक्षित खोप अभियान शुरु

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप अभियान व्यापक सफल भएको बताउँदै आएको सरकारले अब युवाहरुलाई खोप लगाउन प्रेरित गर्ने अभियान शुरु  गर्ने बताएको छ ।सरकारले युवाहरुलाई खोपप्रति सकारात्मक बनाउँदै उनीहरुलाई खोप लगाउने अभियान अबको प्राथमिकता रहेको जनाएको छ ।१६ देखि २९ वर्षबीचका ८ जनामध्ये एक जनामा खोपसम्बन्धी नकारात्मक धारणा पाइएको राष्ट्रिय तथ्यांकको कार्यालयले गरेको अनुसन्धानले देखाइरहँदा उनीहरुलाई प्रेरित गर्न लागिएको हो ।विशेषगरि काला जातिमा खोप सम्बन्धि बढी नकारात्मक धारणा रहेको पनि अनुसन

किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु

किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ।

चितवनका तीन ठाउँबाट खोप अभियान शुरु

चितवन । कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ । यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो । जिल्लामा चार हजार २०० जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चि