सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी

कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ । कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ । सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने कतिपय बटुवासमेत मास्क बेगर देखिन थालेका छन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हाल सङ्क्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँदै हाल सङ्क्रमणको सङ्ख्या पनि १५० देखि दुई सयको हाराहारीमा भएका कारण मास्क लगाउने दर घटेको हुन सक्ने तर्क गर्नुभयो । डा. पाण्डेले खोप आए पनि अहिल्यै सर्वसाधारणसम्म नपुग्ने भएकाले मास्क अनिवार्य रूपमा लगाउन सल्लाह दिनुभयो ।

सम्बन्धित सामग्री

मास्क नलगाउनेलाई जरिवाना

मास्क लगाउन अभिप्ररित गरि दैलेख प्रहरीले सञ्चालन गरेको सचेतना कार्यक्रमपछि अटेर गर्नेलाई मास्क नलगाउनेलाई जरिवाना गरेको हो।...

मास्क नलगाए सर्वसाधारणलाई मास्क वितरण गरिँदै

हुम्लाको सदरमुकाम सिमकोट बजारमा ‘योगदान राष्ट्रका लागि’ हुम्लाद्वारा मास्क वितरण । सोही अभियानकर्मीद्वारा बजार क्षेत्रमा मास्क नलगाएकाहरूलाई मास्क वितरण गरिँदै ।

मास्क अभियान : तीन करोड मास्क निःशुल्क बाडिने

भक्तपुर- ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ गरिएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको […]

जुम्लामा ‘मास्क बैङ्क’ स्थापना

जुम्ला । जुम्ला बजारमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मूल नाराका साथ मास्क बैङ्क स्थापना गरिएको छ। सरकारले सुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी पार्न मास्क बैङ्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताइन्। कसैसँग मास्क नभए बैङ्कबाट लिन सकिने छ। यस्तै‚ मास्क हुनेले बैङ्कलाई उपलब्ध गराउन सक्ने प्रसाईँले बताइन्। मास्क बैङ्कमा सशस्त्र […]

जुम्लामा मास्क बैंक स्थापना

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्।...

मास्क नलगाउनेलाई ईमेजको प्रश्न– मास्क खोइ ?

मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई नगर्न सुझाव दिए ।

सुरु भयो मास्क अभियान : नवनिर्मित धरहरालाई मास्क ! (तस्बिरहरु)

शनिबारदेखि मास्क एक हप्ते मास्क अभियान सुरु भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लामो मास्क अभियान सुरु गरेको हो । अभियान राजधानीको नवनिर्मित धरहराबाट सुरु गरिएको हो।  धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो।कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको अवस्थामा मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ अभियान सुरु गर्न लागिएको हो ।

धरहरालाई मास्क! : सुरु भयो साताव्यापी नेपाल मास्क अभियान

काठमाडौं : आजबाट मास्क सप्ताह शुरु भएको छ। कोभिड १९ विरुद्ध सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गर्दै आजबाट साताव्यापी नेपाल मास्क अभियान शुरु गरिएको हो। सो अवसरमा आज साँझ धरहरामा समेत प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो। कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको भन्दै त्यसबाट बच्नको लागि सबैलाई…

मास्क लगाउन प्रेरित गर्न 'मास्क अभियान'

काठमाण्डाै - सरकारले आउँदो शनिवारदेखि मास्क अभियान सञ्चालन गर्ने भएको छ ।  कोराेना भाइरसको सङ्क्रमण फेरि फैलिन थालेसँगै मास्क अनिवार्य रुपमा लगाउन प्रेरित गर्ने उद्देश्यले एक हप्ते अभियान सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 'महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता' भन्ने नाराका साथ आउँदो शनिवारदेखि सुरु हुने अभियान २९ गतेसम्म चल्ने छ । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पनि कतिपयले मास्क नलगाउने गरेको पाइए पछि अभियान चलाउन थालिएको हो ।  काठम...

घरभित्रै पनि मास्क?

एजेन्सी। संसारलाई त्रस्त पारिरहेको कोरोनाले अब घरभित्रै पनि मास्क लगाउने अवस्था बनाइदिएको चिकित्सकहरु बताउँछन्। परिवारका एकजनालाई भाइरसले संक्रमण गरेको छ भने घरभित्र पनि मास्क लगाउनु आवश्यक हुने उनीहरुको भनाइ छ। घरभित्र बस्दा मास्क लगाउनाले बेफाइदाभन्दा फाइदा अधिक हुनाले पनि मास्क लगाउन चिकित्सकले जोड दिएका हुन्। चिकित्सकहरुकाअनुसार अहिले कोरोना यो गतिमा फैलिएको छ कि कसलाई यसले आक्रमण गरिरहेको छ थाहा हुँदैन।