असार १४ , काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवारदेखि २५ ओटा सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोरका आधारमा चलाउन दिइने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमवार बिहान बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।ती सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्न पाउने छन् ।लामो दूरीका सवारी साधन भने चल्न पाउने छैनन् ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने छ ।
तर ती सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । गत वैशाख १६ गतेदेखि कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले निषेधाज्ञा लागू गरेपछि सार्वजनिक यातायातका साधन अवरुद्ध थिए ।
यसैवीच सोही बैठकले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ ।