सोलुखुम्बु : सिद्धिचरण राजमार्गको साल्मे–सिस्नेरी खण्डमा खस्ने गरेको पहिरो नियन्त्रण गर्न दिगो व्यवस्थापन उपाय अपनाइने भएको छ।जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एकमात्र सडकमा पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ। सोलुदूधकुण्ड नगरपालिका–११, तिङ्लामा पर्ने पहलमान भिर र सिस्नेरी पहिरोका कारण हिउँद-बर्खा जहिल्यै सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।सडक निर्माण गरेको करिब १० वर्ष पुरा भएको छ। शुरूवाती देखि नै उक्त