सोलुखुम्बु - गएकाे शनिवारदेखि बिहीवारसम्म निरन्तर परेको हिमपातका कारण सोलुखुम्बु सेताम्मे भएकाे छ।
साेलुखुम्बुकाे माथिल्लो क्षेत्रमा ३ फिटसम्म र सदरमुकामसहित पत्ताले क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
करिब ५/६ दिनको हिमपात पछि साेलुखुम्बुमा आज घाम लागेको छ। घाम लागेसँगै वरिपरिका डाँडा पाखाहरु चाँदीझैँ टलक्क टल्किएका छन्।
टलक्क टल्किएको हिउँले वरिपरिको वातावरणलाई मनमोहक बनाएको छ । जिल्लाका कच्ची सडकहरु भने हिउँका कारण हिलाम्मे भएका छन् । सडक हिलाम्म...