सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भन्नुभयो, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसक्नुभएका उहाँ मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, …