रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेक