राज्यका विभिन्न निकायले फरक–फरक शीर्षकबाट लगानी तथा सेवाग्राहीको हितका लागि कोष खडा गरेर रकम जम्मा गर्दै आएका छन् ।
तीन अर्बभन्दा माथि पैसा रहेका ठूला कोषहरूमा जम्मा भएको रकम मात्र ७ खर्ब नाघिसकेको छ ।
यसरी रकम जम्मा गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (५ अर्ब)देखि कर्मचारी सञ्चय कोष (करीब ४ खर्ब)सम्म छन् ।
हाल सञ्चालनमा रहेका कोषहरूमध्ये कसैलाई कोष वृद्धि गर्न समस्या भइरहेको छ भने कसैलाई सञ्चयकर्ता जोगाएर स्रोत बढाउनुपर्ने चुनौती छ ।
केही कोष भने जम्मा भएको रकम खर्च गर्न नसकेर ब्याज...