कोरोनाभाइरसको संक्रमण बढ्न थालेसँगै नेकपा एकीकृत समाजवादी पार्टीले सोमबारका लागि तय गरेको भेला स्थगित गरेको छ । सोमबार राजधानीको थापागाउँस्थित काठमाडौं व्याक्वेटमा एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला तय गरिएको थियो । ‘कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ,आज थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन