प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

 कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य