कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । दिनहुँ देशभरका संक्रमितमध्ये काठमाडौं उपत्यकामै आधा हुन थालेपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले थप कडाइ गर्ने उद्देश्यसहित मंगलबार स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् ।
जसमा भेला, सभा, सम्मेलनलगायतमा माघ मसान्तसम्म रोक लगाइएको छ भने धार्मिक स्थलमा नित्य पूजापाठबाहेकका गतिविधिमा बन्देज लगाइएको छ । यस्तै बिबाह, ब्रन्तबन्धलगायतका सामाजिक कार्यमा ५० जना भन्दा बढी सहभागी हन नपाउने, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने,...
कास्की (अस) । गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिवारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ । यसअघि मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्न रोक लगाएको कास्की जिल्ला प्रशासनले सूचना जारी गर्दै कास्की जिल्लाभर स्मार्ट लकडाउन घोषणा गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिँदै गएकाले शनिवारदेखि विद्यालय तथा कलेज खोल्न नपाइने गरी रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रजिअ आचार्यले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिन कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने निर्णय गरेको बताए । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिक लगायत भेला, महोत्सव, मेला, सभा, सम्मेलन गर्न रोक लगाइएको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिडविरुद्धको खोप लगाएको कार्ड वा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ । जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठनमा रोक लगाइए पनि सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न अनुमति दिएको छ । औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालना नगरेमा कानून बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ । प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा÷गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ । साथै सेवा प्रदायकहरूले खुला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ । कास्की प्रशासनले जारी गरिएको आदेशको पालना भए÷नभएको अनुगमन गरी उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ ।
कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य
पुस २४, दाङ । कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन् ।
सो क्षेत्रमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै पुस २५ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालय बन्द रहने तुलसीपुर उपमहानगरपालिकाले निर्णय गरेको हो ।
तुलसीपुर उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रवार विज्ञप्ति जारी गर्दै फैलिदो कोरोना संक्रमणको चेन ब्रेकका लागि पुस २५ गतेदेखि माघ ३ गतेसम्म यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक रुपमा पठनपाठन रोक्न आग्रह गरेको छ ।
साथै, भौतिक रुपमा भइरहेका आन्तरिक परीक्षा समेत रोक्न आग्रह गरिएको छ । माघ ४ गतेदेखि अवस्था हेरेर विद्यालय खोलिने विज्ञप्तिमा उल्लेख छ । केही दिनदेखि तुलसीपुर क्षेत्रका विद्यालयहरुमा शिक्षक र विद्यार्थीमाथि कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।
पाँच दिनको अवधिमा सो क्षेत्रमा शिक्षक र विद्यार्थी गरी ८४ जनामा कोरोना पुष्टि भएको छ ।
ओमिक्रोन परीक्षणका लागि २० स्वाव काठमाडौं पठाइयो
तुलसीपुर क्षेत्रका केही विद्यालयमा कोरोना संक्रमण बढेपछि ओमिक्रोन भए नभएको जाँच गर्न २० जनाको स्वाब काठमाडौं पठाइएको छ ।
नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडांै पठाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
नेपालमा फेरि कोरोना संक्रमण बढेसँगै सरकार चनाखो बनेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् ।
उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । यही पुस २२ गते ५४०...
काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । […]
The post कोरोना संक्रमण दर उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डौ – कोरोना संक्रमण बढेसँगै कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ ।
नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतारले भोलि अर्थात् डिसेम्बर ३१ देखि लागू हुनेगरि स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो । कतारका प्रधानमन्त्री र गृह मन्त्री शेख खलिद बिन खलिफाले मन्त्रीपरिषदमा हिजो गरेको निर्णय अनुसार मापदण्डमा कडाइ गरिएको हो । अब बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन ।
यस्...
काठमाडौं, बैशाख १३ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै व्यापार व्यवसाय सुस्ताउन थालेको छ । संक्रमणको प्रभावका कारण उपभोक्तामा त्रास बढेपछि बजारमा चहलपहल कम हुँदै गएकाले व्यावसायिक कारोबार घट्न थालेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठाउँमा करीब २५ प्रतिशतसम्म व्यापार घटेको बताइएको छ । काठमाडौं बाहिरबाट माल […]
काभ्रे । कोरोना संक्रमण बढेसँगै चीन सरकारको सहयोगमा प्राप्त कोरोना बिरुद्धको खोप लगाउनेको भीड धुलिखेल अस्पतालको २०७८ बैशाख ५ गते अन्तिम दिनको दृश्य । तस्वीर: भगवती तिमल्सिना