स्वदेशी अभियानअन्तर्गत व्यवसायीलक्षित वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका हुन् । स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ । […]

सम्बन्धित सामग्री

ई-कमर्स ब्राण्ड भेषभुषाले ‘गाला नाइट’ आयोजना गर्दै

अनलाइन ई-कमर्स ब्राण्ड भेषभुषाले फागुन १६ गते ‘गाला नाइट’ आयोजना गर्ने भएको छ । विभिन्न फेसन, ब्युटी तथा लाइफस्टाइल ब्राण्डहरूको सहकार्यमा भेषभुषाले  गाला नाइट आयोजना गर्न लागेको हो ।  रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा हुने गाला नाइटमा विभिन्न ब्राण्डका प्रडक्टहरू शोकेस गरिने छ । गाला नाइटकै अवसरमा भेषभुषा डटकमको नयाँ वेबसाइट र मोबाइल एप पनि सार्वजनिक हुनेछ...

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो पात्रो सन् २००९ मा पहिलो पटक आईओएसमा सार्वजनिक भएको थियो ।  सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्ते पात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन । त्यसैले सुरुमा आफ्नो...

‘मेक इन नेपाल–स्वदेशी अभियान’को वेबसाइट र एप सार्वजनिक

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अन्तर्गत वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मंगलवार ‘स्वदेशी डटकम डटएनपी’ र मोबाइल एप सार्वजनिक गरेका हुन् । स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सक्ने व्यवस्था मिलाइएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ । स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आबद्ध भएको बताइएको छ । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्नेगरी अभियानको प्रारम्भ गरिएको परिसंघको बताएको छ । स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए । स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगिकीकरणमा पनि टेवा दिने उनले उल्लेख गरे । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको बताए । परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने लक्ष्य अभियानले राखेको उल्लेख गरे ।

परिसंघको मेक इन नेपालको वेबसाइट सुरुवात

मेक इन नेपालः स्वदेशी अभियानको वेबसाइट तथा एप सार्वजनिक भएको छ । नेपाल उद्योग परिसंघले सुरु गरेको यस अभियानलाई प्रवद्र्धन गर्न परिसंघले वेबसाइट तथा मोबाइल एप तयार गरेको जनाएको छ ।परिसंघले यो अभियानलाई देशभर फैलाउने बताएको छ । परिसंघका अध्यक्ष विष्णु अग्रवालले मंगलबार मेक इन नेपाल कार्यक्रमलाई मूर्त रुप दिन बनाइएको वेबसाइट लन्च गरेका छन् […]

नेपाल उद्योग परिसंघद्वारा ‘मेक इन नेपाल- स्वदेशी’ को वेबसाइट र एप सार्वजनिक

मंसिर २१, काठमाडौं । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । मंगलवार राजधानीमा आयोजित एक समारोहका बीच परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले ‘स्वदेशी डट कम डट एनपी’ वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका हुन् । परिसंघले आफ्नो स्वदेशी अभियानलाई अगाडि बढाउने क्रममा उक्त वेबसाइट र एप सार्वजनिक गरेको हो ।अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वास बढाउने उद्देश्य उक्त अभियानले राखेको बताए । ‘यो अभियानले उपभोक्तामाझ स्वदेशी वस्तुको विश्वास र माग पनि बढाउने लक्ष्य लिएको छ,’ उनले भने, ‘यसले देशको औद्योगिकीकरणमा पनि सहयोग पुर्‍याउनेछ । यसका लागि आवश्यक नीतिगत मध्यस्थताका विषयमा सरकारलाई अध्ययनसहितको प्रतिवेदन पनि बुझाउनेछौं ।’ परिसंघको उक्त अभियानमा आबद्ध हुन उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनमार्फत आवेदन दिन सक्छन् । साथै वेबसाइट र एप्लिकेसनबाट उक्त अभियानबारे जानकारी लिन सकिने व्यवस्था रहेको परिसंघले बताएको छ । उक्त अभियानमा अहिलेसम्म ४० ओटा स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध भएका छन् । ‘नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्छन्,’ परिसंघका अध्यक्ष अग्रवालले भने । स्वदेशी अभियानका सात ओटा स्तम्भ रहेका छन् । जसमा उत्पादनसँग सम्बन्धित चार ओटा र उपभोगसँग सम्बन्धित तीन ओटा स्तम्भ रहेका छन् । नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण, नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरीदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भ हुन् । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएकाले सुधारका लागि परिसंघले यो अभियान अघि बढाएको बताए । परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको विदेशी व्यापार घाटालाई कम गर्न र निर्यातलाई बढाउन यस अभियानको लक्ष्य रहेको बताए ।   स्वदेशी वर्किङ कमिटीका संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट अभियानबारे जानकारी पाइने उल्लेख गर्दै यसमा आबद्ध हुन अनुरोध गरेका छन् ।  उक्त अधियान अन्तर्गत वार्षिक १ हजार उद्योग दर्ता, सन् २०२५ सम्ममा कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सृजना गर्ने र आगामी ५ वर्षमा निर्यात ४ दशमलव ६ अर्ब डलर बराबरको पुर्‍याउने लक्ष्य रहेको छ । नेपालको औद्योगीकरणको उद्देश्य राखेर शुुरु गरिएको अभियान विसं २०७७ फागुन २७ गते तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । उक्त अभियान कार्यान्वयनका लागि सरकार र नेपाल उद्योग परिसंघ बीच २०७८ असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

एक खर्बको निर्यातलाई चार गुणा बढाउने लक्ष्य छ : अध्यक्ष अग्रवाल

२१ मंसिर, काठमाडौं । मेक इन नेपालः स्वदेशी अभियानले वार्षिक निर्यात ४ खर्ब पुर्‍याउने नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका छन् । मंगलबार अभियानको आधिकारीक वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै अध्यक्ष अग्रवालले अभियानले एक खर्बको निर्यातलाई बढाएर चार गुणा पुर्‍याउने बताए । ‘यो अभियानले ५ वर्षमा कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिनेछ […]

मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक

नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरेका थिए । यस अभियान अन्तर्गत हालसम्म ४० वटा कम्पनीहरु आवद्ध भएका छन् । ती कम्पनीहरूबाट उत्पादन हुने वस्तु तथा सेवाहरुमा स्वदेशी अभियानको लोगो हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष वि

स्मार्ट संसद :  अब मोबाइलमै संसदको बैठक लाइभ :: Pahilopost.com

काठमाडौँ : संसद्ले नयाँ वेबसाइटसँगै मोबाइल एपसमेत बनाएर संसदका गतिविधिलाई पारदर्शी बनाउने प्रयास सुरु गरेको छ।  केही समयदेखि परीक्षण गरिरहेको वेबसाइट र मोबाइल आज सभामुख ओनसरी घर्तीले सार्वजनिक गरिन्। वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै सभामुख घर्तीले अहिलेको समय अनुकूल हुन संसदले सुरुवात गरेको घोषणा गरिन्।  'अहिलेको युग भनेको