काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणमा राज्य संवेदनशील हुन नसक्दा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुपरेको निष्कर्षसहित उपचारसम्बन्धी विस्तृत कार्ययोजना ७ दिनभित्र बनाउन सरकारलाई आदेश दिएको छ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि तथा अस्पताल पुगेका बिरामी बिनाउपचार फर्किनुनपर्ने सुनिश्चित गर्न सोमबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। स्वास्थ्य उपचार नपाएर […]