नेपाल समाचारपत्र, हेटौंडा । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेसागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । शुक्रबार र शनिबार नुवाकोटको विदुरमा बसेको महासंघ प्रदेश समितिको दोस्रो पूर्ण बैठकले प्रदेशका आम सञ्चारमाध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल गरेको थियो । […]