राज्यको मर्यादाक्रममा व्यवसायीको उचित प्रबन्ध गर्न माग, गृहमन्त्रीले भने- सकेको सहयोग गर्छु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटेपछि नेपाल उद्योग बाणिज्य महासंघको टोलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर

सम्बन्धित सामग्री

अदालत पुर्‍याइएका विकल र सुनीलले म्याद थप रोक्न झिकाए कानुन व्यवसायीको समूह

भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील

सुक्खायाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न माग

विराटनगर  । विद्युत् आपूर्तिमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि उद्योग संगठन मोरङ र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिबीच छलफल भएको छ । नेपाल विद्युत् प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक मनोज सिलवाल र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईको उपस्थितिमा केही दिनअघि विराटनगरमा भएको छलफलमा संगठनले आगामी वर्ष सुक्खायाममा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउनुपर्नेमा जोड दिएको छ । छलफलमा बिजुलीको भोल्टेज फ्लक्चुएशन तथा ट्रिपिङको समस्या समाधानका विषयमा समेत संगठनले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । बिजुलीको भोल्टेज फ्लक्चुएशन तथा ट्रिपिङको समस्या समाधानका विषयमा समेत उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । गत हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको जटिल समस्या भएको भन्दै संगठनले आगामी दिनमा भरपर्दो आपूर्तिको सुनिश्चितता कायम गर्न प्राधिकरणलाई आग्रह गरेको थियो । गत हप्ता काठमाडौं नै गएर संगठनको प्रतिनिधिमण्डलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग यसबारे छलफल गरेको थियो । तत्कालको समस्या समाधानका लागि संगठनले गरेको आग्रह अनुरूप प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक लगायतको टोलीले बिहीवार उद्योगी व्यवसायीसँग छलफल गरेको हो । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आगामी सुक्खायाममा विद्युत् आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गरेका थिए । प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक सिलवालले सुक्खायाममा हुने विद्युत् अभावको समस्याको समाधानका लागि ढल्केबर–इनरुवा ४०० केभीए प्रसारण लाइन तथा बर्जुमा सबस्टेशन निर्माण छिट्टै सम्पन्न गरिने बताए । व्यवस्थापकीय कमजोरीका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएशन जस्ता समस्या न्यूनीकरणका लागि उद्योगहरूमा स्विचिङ प्रणाली, कटहरी कोरिडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायीको गुनासो सुनुवाइका लागि कल सेन्टर पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रभावकारी सेवा प्रवाह गरिने जानकारी उनले दिए ।  कार्यक्रममा उपस्थित अधिकांश उद्योगी व्यवसायीले ट्रान्सफरमर परीक्षणका लागि हेटौंडा पुर्‍याउनुपर्ने बाध्यता अन्त्यका लागि प्रदेशस्तरीय ट्रान्सफरमर परीक्षण केन्द्र स्थापना गर्नुपर्ने र सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्बन्धित पक्षबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

हजार महिलालाई डिजिटल शीप दिन ‘सक्षम २.०’

काठमाडौं  । गतवर्ष सक्षम कार्यक्रम सञ्चालन गरेको कोका–कोलाले यो वर्ष ‘सक्षम २.०’ ल्याएको छ । यो कार्यक्रम किराना पसल तथा खाजा घर सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीलाई लक्षित गरेर ल्याइएको कम्पनीको भनाइ छ । कार्यक्रमले एकदिने तालीममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक शीप सिकाइ सुदृढ एवं सशक्त गर्न सघाउने कम्पनीको भनाइ छ । महिला व्यवसायीको वित्तीय साक्षरता, आतिथ्य, सरसफाइ व्यवस्थापन र डिजिटल वालेटको प्रयोगसम्बन्धी क्षमता निर्माण गर्न ‘सक्षम २.०’को डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । ‘सक्षम २.०’ले आफ्नै लगानीमा व्यवसायको शुरुआत गरेका महिला व्यवसायीको व्यवसाय अझै सुदृढ र सक्षम बनाउन सहयोग गर्ने उद्देश्य राखेको बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले बताए । कम्पनीका देशीय निर्देशक आदर्श अवस्थीले ‘सक्षम २.०’ले एक हजार महिला व्यवसायीको सफलताको नयाँँ कथा रच्नुका साथै लैंगिक न्यायपूर्ण र डिजिटल रूपमा सशक्त समाज निर्माण गर्न योगदान दिने बताए ।

अर्थतन्त्रमा देखिएको समस्याले निर्माण क्षेत्र पनि प्रभावित छ

मुलुकको अर्थतन्त्रमा देखिएको असहजताले अहिले उद्योगी व्यवसायी मर्कामा छन् । समस्या समाधानको मागसहित व्यवसायीहरू सडकमै आउन थालेका छन् । अर्थतन्त्रको अहिलेको अवस्थामा निर्माण व्यवसायी पनि अप्ठ्यारोमा परेको मनसिरी ट्रेडिङका प्रबन्ध निर्देशक सुशील श्रेष्ठ बताउँछन् । प्रस्तुत छ, निर्माण व्यवसायका समस्या, चुनौती लगायत समसामयिक विषयमा श्रेष्ठसँग आर्थिक अभियानका अनन्त्य सुन्दरले गरेको संवादको सार : अर्थतन्त्रको अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ? मुलुकको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन, विदेशी मुद्रा सञ्चिति, महँगी, शेयर बजार लगायतका अधिकांश सूचक सकारात्मक देखिँदैन । अर्थतन्त्र यो अवस्थाबाट गुज्रिँदै गर्दा त्यसको प्रत्यक्ष असर हामी निर्माण व्यवसायीलाई पनि परेको छ । आर्थिक व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने मागसहित उद्योगी व्यवसायी ठाउँ ठाउँमा आन्दोलित नै भएका छन् । निर्माण व्यवसायीको अवस्था चाहिँ कस्तो छ ? आर्थिक क्षेत्रमा देखिएको मन्दीको अवस्थाले हामी पनि सडकमै आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । समयमा काम नहुँदा, पैसा निकास नहुँदा, चर्को ब्याजदरलगायत कारण हामी समस्यामा छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले दूरदर्शी नीति बनाएर कार्यान्वयन गर्न आवश्यक छ । निर्माण व्यवसायीलाई गुणस्तरीय काम नगर्ने, समयमा सम्पन्न नगर्ने जस्ता आरोप लाग्ने गर्छ । यसबारे के भन्नुहुन्छ ? हाम्रो देशमा सबैजसो क्षेत्रमा हुने गरेका नराम्रा कामको मात्र चर्चा हुन्छ । मेरो विचारमा सबै निर्माण व्यवसायी खराब छैनन् । तोकिएको समयमै परियोजना सम्पन्न गर्ने निर्माण व्यवसायी पनि छन् । तर हाम्रोमा राम्रो कामको चर्चा हुँदैन । निर्माण व्यवसायीको खराब पक्ष औंल्याउँदै गर्दा राम्रा कामको प्रोत्साहन र त्यसको चर्चा गर्न पनि आवश्यक छ । मुलुकको विकासमा निर्माण व्यवसायीको कस्तो भूमिका हुन्छ ? हाम्रो मुलुकमा अहिलेसम्म राजनीतिक परिवर्तन मात्र भयो । आर्थिक परिवर्तन हुन सकेको देखिँदैन । त्यसैले अब मुलुकको समग्र विकासका लागि आर्थिक परिवर्तन आवश्यक छ । आर्थिक परिवर्तनका लागि सडक, पुल, अस्पताल लगायत पूर्वाधार विकास आवश्यक हुन्छ । पूर्वाधार विकासका लागि मुख्य भूमिका नै निर्माण व्यवसायीको हुन्छ । त्यसैले मुलुकको विकास र समृद्धिमा निर्माण व्यवसायीको भूमिका सर्वोपरि हुन्छ । पूर्वाधार विकासका लागि निकास भएको बजेट कत्तिको सदुपयोग भएको छ जस्तो लाग्छ ? हरेक वर्ष बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि छुट्ट्याइन्छ । तर बजेट सही ठाउँमा खर्च भएको देखिँदैन । पछिल्लो केही वर्षमा मुलुकमा बनेका भ्यू टावर र अस्पतालको संख्या तुलना गर्ने हो भने हामीले कस्तो खालको विकास र समृद्धि खोजेका हौं भन्ने प्रश्न उठ्छ । नेपालमा निर्माणका लागि आवश्यक पर्ने उपकरण ल्याउन सहज छ ? अहिले निर्माणाधीन परियोजना सम्पन्न गर्न उपकरणविना सम्भव छैन । तर त्यस्ता उपकरण नेपालमा उत्पादन नहुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । राज्यले हामी व्यवसायीलाई नेपालमै एसेम्बल गरेर उपकरण बनाउन नीतिगत हिसाबले सहजीकरण गर्नुपर्छ । त्यसका लागि हामी सक्षम र तयार पनि छौं ।

चितवनका अटोमोबाइल व्यवसायीको गुनासो :  बुकिङ्ग छ, विक्री छैन

जेठ ३०, चितवन ।  निषेधाज्ञाका कारण चितवनका अटोमोवाइल व्यवसायी थप मारमा परेका छन् । व्यवसायीले  वर्कसप र सर्भिस सेन्टर  खुल्ला भएपनि शोरुमबाट नयांँ गाडी तथा मोटरसाइकल विक्री गर्न पाएका छैनन् भने अधिकांश भारतबाट आउने गाडीको पनि आपूर्ति ठप्प रहेको छ । निशेधाज्ञा बीच पनि निजी कार तथा व्यवसायिक गाडीहरुको माग भए पनि शोरुम खोल्न नपाउँदा उनीहरु मर्कामा परेका हुन् । अधिकांश अटोमोबाइल शोरुममा गाडीको मौज्दात सकिइसकेको छ भने कतिपय शोरुममा थप नयाँ गाडीहरु आउन नसकेको व्यवसायीहरुले बताएका छन् ।  चितवन अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष एवं ह्यन्दे गाडीका विक्रेता ईश्वरकुमार श्रेष्ठ गाडीको माग भएपनि आपूर्ति हुन नसकेको बताउँछन् । ‘निषेधाज्ञा अघिपनि ग्राहकको चाप थियो । अहिलेपनि बुकिङ्ग छ तर ग्राहकलाई दिन सकिएको छैन’, श्रेष्ठले भने ।  उनका अनुसार नेपालभन्दा अघिनै भारतमा लकडाउन भएको र त्यहाँ उत्पादन हुन छाडेपछि यसको आपूर्तिको असर नेपालमा  परेको हो । ‘हामीकहाँ सबै वर्गलाई लक्षित हुने गाडीको माग जति पनि छ, उनले भने, तर विक्री भने शून्य छ । हाल उनको वर्कसपमा पनि अत्यावश्यक गाडीहरुको मर्मत सम्भारको काम मात्र भएको उनले बताए ।  गत वर्षदेखि लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय प्रभावित बन्न पुग्दा हाल ठूला उद्योगी व्यवसायी घरानाले पनि मध्यम मूल्यका गाडी चढ्ने थालेका छन् । जसले गर्दा ठूला महंगा तथा विलासी गाडीभन्दा बढी साना गाडीमा आकर्षण बढेको छ । ‘कम रेञ्जका गाडीको माग राम्रै छ । माग भएर के गर्नु शोरुममा गाडीनै छैन’, थ्रिडिज मोटर्सका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले भने ।  प्रायः गाडी शोरुममा त्यति भीडभाड नहुने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिएकोले यो व्यवसायलाई सहज बनाउनु पर्ने उनको तर्क छ  । कोरोना जोखिमका कारण बन्द भएका सार्वजनिक यातायातका कारण साना ढुवानी गर्ने गाडी तथा मालबाहक गाडीको विक्री भने सन्तोषजनक रहेको छ । तर ग्राहकले लगिसकेको गाडी यातायात तथा सेवा कार्यालयबाट उनीहरुको  नाममा नामसारी गर्न नपाउँदा आफूहरु दोहोरो मारमा परेको बताउँछन् सफल मोटर्सका प्रबन्ध निर्देशक एवं सिप्रदी ट्रेडिङ्गका आधिकारिक विक्रेता गोपाल भट्टराई ।  ‘गाडीको माग पनि छ, विक्री पनि ठिकै छ तर यातायात कार्यालयबाट नामसारी नहुँदा बैंकबाट भुक्तानी पाइएन’, भट्टराईले भने ।  यसका लागि स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालयले सहज र विकल्प अपनाउनु पर्ने उनले  बताए । चारपाँग्रे गाडीको विक्री र आपूर्ति ठप्प भएसँगै निशेधाज्ञाले दुईपाँग्रे सवारीसाधनमा समेत गम्भिर असर परेको छ । दुईपाँग्रे सवारीाधनको माग, मौज्दात  भएपनि कोभिडका कारण माग भएपनि बेच्न नसकेको बताउँछन्  नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक एवं यामाहा कम्पनी नारायणगढका आधिकारिक विक्रेता  कपिल  कर्माचार्य । ‘गाडी शोरुमभन्दा मोटरसाइकल शोरुम अलि बढी भीडभाड हुने क्षेत्र हो, उनले भने, फोनमा सोधपुछ आएपनि विक्री भने गरेका छैनौं ।’ हाल शोरुममा मोटरसाइकलको मौज्दात केही महीना पुग्ने भएकोले आपूर्तिमा समस्या भने नभएको उनको भनाइ छ ।  कामदारका लागि  कोभिड भ्याक्सिनको माग    अटोमोबाइल व्यवसायीले वर्कसप खुलेपनि जोखिममुक्त अवस्थामा भने काम नहुने गरेको बताएका छन् । वर्कसप खोलेर मर्मतसम्भार र सर्भिसिङ्गको कामलाई निरन्तरता दिएपछि कोभिडको उच्च जोखिम भने कायम रहेको उनीहरुको भनाइ छ । थ्रीडीजका प्रबन्ध निर्देशक चापागाईंले शोरुममा भन्दा वकसर्पमा बढी जोखिम रहेको भन्दै कम्तिमा अटोमोबाईल क्षेत्रका मजदूरलाई सरकारले भ्याक्सिन उपलब्ध  गराएर सहयोग गर्नुपर्ने बताए ।

बारको माग : कालो कोट र परिचयपत्र हेरेर कानून व्यवसायीलाई आवागमन गर्न दिनू

नेपाल बार एशोसिएशनले कानून व्यवसायीको सेवा समेत अत्यावश्यक सेवाभित्र पर्ने भएकाले कानून व्यवसायीलाई सहज आवागमनको प्रबन्ध मिलाउन गृह मन्त्रालयसमक्ष माग गरेको छ । एशोसिएशनका महासचिव अधिवक्ता लीलामणि पौडेलले गृह मन्त्रालयका सचिवलाई मंगलवार पत्राचार गर्दै कानून व्यवसायीको परिचयपत्र र कालो कोट हेरेर कानून व्यवसायीलाई कुनै अवरोध नगरी सहजतापूर्वक आवागमनमा सहयोग पुर्‍याउन अनुरोध गरिएको छ । एशोसिएशनले कानून व्यवसायीको विषयमा मातहतका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय समेतलाई जानकारीका...

रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन व्यवसायीको माग

ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए। त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए।

राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा

सीजी हस्पिटालिटी होल्डिङस् प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् ।भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो । ओबरोय होटल्स, ह्यात, हिल्टन, आइएचजी, म्यारियोट, लीला, एकोर, ¥याडिसन र ताज जस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा […]