काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।महासंघको दोस्रो केन्द्रीय समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव र श्रमजीवी पत्रक