नेकपा (एमाले) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ । नेपालले सबै देशसँग आफ्नो मूल्यअनुसार सम्बन्ध राख्नुपर्छ, हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौँ । अब सम्झौता कार्यान्वयनको बारेमा हामीले बढी ध्यान दिनुपर्छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल र चीनबीच उच्चस्तरको भ्रमण हुनु सकार