राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. सिंहलाई दुर्व्यवहार गर्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरे पनि दुई दिन बितिसक्दासमेत पक्राउ गर्न नसकेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।